२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साझा मुद्धामा समान दृष्टिकोण राखेर अघि बढ्ने ओखलढुंगाका पत्रकारहरुको प्रतिवद्धता

१६ आश्विन २०७३, आईतवार ०२:०१

असोज १६, ओखलढुंगा । साझा मुद्धामा समान दृष्टिकोण राखेर अघि बढ्ने ओखलढुंगाका पत्रकारहरुले प्रतिवद्धता जनाएका छन् । सहयात्री सामुदायिक रेडियोले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा विकास र परिवर्तनमा हाम्रो भूमिका विषयक अन्तरक्रियामा सहभागि जिल्ला स्थित क्रियाशिल पत्रकारहरुले विकासका साझा मुद्धामा समान दृष्टिकोण राखेर अघि बढ्ने प्रतिवद्धता जनाएका हुन् । विकासका सबैखाले मुद्धामा एक भएर आवाज उठाउने,राज्यका अभियानहरु प्रभावकारी बनाउन भूमिका खेल्ने,भ्रष्टचार र अनियमितता विरुद्ध एक भएर लाग्ने जिल्लाका सबै सञ्चारमाध्यम र आवद्ध सञ्चारकर्मीहरुले साझा प्रतिवद्धता व्यक्त गरेको सहयात्री सामुदायिक रेडियोका स्टेशन म्यानेजर पूर्णप्रसाद न्यौपानेले बताउनुभयो । साझा सबालका प्रदेश नं. १ प्रमुख समेत रहनु भएका न्यौपानेका अनुसार जिल्लामा सञ्चालीत सञ्चारमाध्यमहरुको स्थायित्व र विकासका लागि समान दररेटमा विज्ञापन प्रशारण गर्ने,पत्रकारहरुको पेशागत सुरक्षाका लागि साझा मुद्धामा समानदृष्टिकोण राखेर अघि बढ्ने सहमती भएको छ ।



कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ ओखलढुंगाका कोषाध्यक्ष शिबप्रसाद ढुंगानाले सबै क्षेत्रमा सञ्चारमाध्यमले खेल्ने भूमिकाले महत्व राख्ने भन्दै आफ्नो क्षेत्रबाट सक्दो भूमिका निर्वाह गर्न जिल्ला स्थित सबै सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । कार्यक्रममा सहयात्री सामुदायिक रेडियोका प्रबन्ध निर्देशक जीवन शर्माले सञ्चारक्षेत्रलाई प्रयोग गर्न खोज्नेहरुबाट सचेत हुनुपर्ने भन्दै साझा मुद्धामा एक भएर लाग्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा रमाईलो सामुदायिक रेडियोका स्टेशन म्यानेजर राजकुमार कार्कीले सञ्चारमाध्यमहरु बिच आवश्यक सहकार्य नहुँदा कतिपय निकायले रेडियोको विज्ञापन दररेट नै तोकेर सुचना दिने गरेको भन्दै आज भएको साझा सहमतीले त्यो अवस्था सुधारहुने विश्वास व्यक्त गर्नुभयो । आफ्नो एफएमका लेखा प्रमुख रविन श्रेष्ठले भएका सहमतीहरु कार्यान्वयन गर्नुपर्ने भन्दै सञ्चारका क्षेत्रबाट समुदायको विकासका लागि खेल्नेभूमिका थप प्रभावकारी बनाउन सबैले आ आफ्नो ठाँउबाट सहयोग गर्नुपर्ने बताउनुभयो । त्यस्तै रेडियो ओखलढुंगाका लिलाबहादुर सुनुवारले जिल्लामा सञ्चालीत सबै सञ्चारमाध्यमको व्यवसायिक विकासका लागि पत्रकार महासंघले सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा भिजन नेपाल साप्ताहिकका सम्पादक एसबी जेरोले सरकारी कर्मचारीहरुले ओखलढुंगामा सञ्चार क्षेत्रलाई धेरैजसो आफ्नो अनुकलमा प्रयोग गर्ने गरेको भन्दै सचेत हुनुपर्ने बताउनुभयो । पुर्वेली न्यूज संवादाता रेणु पराजुलीले ओखलढुंगाका सञ्चारमाध्यहरुले विकासका लागि खेलीरहेको भूमिका महत्वपूर्ण रहेको भन्दै यसलाई स्थापीत गर्न सबैपक्ष लाग्नुपर्ने बताउनुभयो । पत्रकार देबकुमार दाहालले पत्रकारहरु बिच भएका सहमतीहरु सञ्चार संस्थाहरुले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागि सबै पत्रकारहरुले आवश्यकता अनुसार एक अर्कालाई सहयोग गरेर अघि बढ्ने समेत बताएका छन् । 


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने