2026-09-19 03:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

छात्रवृत्ति परीक्षामा पहिलो सूचीमा नाम भएका विद्यार्थी भर्ना हुनबाट वञ्चित

साउन ३१, काठमाडौं | कक्षा ११ मा अध्ययन गर्न छात्रवृत्ति परीक्षा दिएका विद्यार्थीको प्रारम्भिक नतिजा सूचीमा नाम निस्के पनि भर्ना हुन पाएनन् । भर्ना हुन नपाएका र भर्ना हुने अवसरबाट बञ्चित भएका विद्यार्थीको भीडले मंगलबार काठमाडौं महानगर पालिकाको शिक्षा विभागमा थेगिनसक्नु घुइँचो थियो । सफ्वेयरले त्रुटि गरेका कारण भर्ना हुन योग्य विद्यार्थी भर्ना हुन नपाएका हुन् ।

कामपाले सोमबार पहिलो भर्ना सूची सार्वजनिक गरेको थियो । परीक्षाफल प्रकाशित भएलगत्तै कामपाले सूचना जारी गरी ‘म्याचिङ’को नतिजा चित्त नबुझे निवेदन दिन आग्रह गरेको थियो ।

सूचनामा सफ्टवेयरमा समस्या आएको सम्बन्धमा खुलाइएको थिएन । विभागले निवेदन माग गरेपछि सोमबार र मंगलबार विभागमा भीड लागेको थियो । भर्ना हुन नसकेको बारेमा बुझन अभिभावक, विद्यालयका शिक्षक र विद्यार्थी स्वयं महानगरमा निवेदन दिन पुगेका थिए ।

कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले परीक्षाफल प्रकाशित गर्दा सामान्य समस्या भएको स्वीकार्नुभयो । कामपाले आइतबार परीक्षाफल प्रकाशित गरेको थियो । ‘संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीको नाम सामुदायिक विद्यालयमा परेपछि समस्या आएको जिकिर गर्दै कोइरालाले भने– ‘कम्प्युटरमा सफ्वेयरले गडबडी गर्दा त्रुटि देखिएकोे हो ।’ विशेष गरी संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीको नाम सामुदायिक विद्यालयको सूचीमा परेको र केहीले नतिजा चित्त नबुझेर निवेदन दिनेको भीड लागेको बताए । 

उनका अनुसार पहिलो सूचीमा चित्त नबुझेर निवेदन दिने विद्यार्थीको संख्या करिब ५ सयको हाराहारीमा थियो । विभागले जारी गरेको सूचनामा निवेदनउपर कारबाही सम्पन्न भएपछि ‘म्याचिङ’को पहिलो भर्नासूचीको अन्तिम नतिजा प्रकाशन गरिने जनाएको छ ।

सोमबार परीक्षाफल प्रकाशित गरेर पहिलो सूची सार्वजनिक भएपछि त्रुटि देखिएकोले पहिलो सूचनाको भर्ना भएपछि मात्र दोस्रो सूची सार्वजनिक गर्ने तयारी गरेको छ ।

नाम निस्केका विद्यार्थीलाई त्रुटि सच्याएपछि मात्र भर्ना हुन जान आग्रह गरेको विभागले बुधबारबाट मात्र भर्ना हुनसक्ने जानकारी दिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकबाट।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई