२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

छात्रवृत्ति परीक्षामा पहिलो सूचीमा नाम भएका विद्यार्थी भर्ना हुनबाट वञ्चित

३१ श्रावण २०८०, बुधबार ०३:१८

साउन ३१, काठमाडौं | कक्षा ११ मा अध्ययन गर्न छात्रवृत्ति परीक्षा दिएका विद्यार्थीको प्रारम्भिक नतिजा सूचीमा नाम निस्के पनि भर्ना हुन पाएनन् । भर्ना हुन नपाएका र भर्ना हुने अवसरबाट बञ्चित भएका विद्यार्थीको भीडले मंगलबार काठमाडौं महानगर पालिकाको शिक्षा विभागमा थेगिनसक्नु घुइँचो थियो । सफ्वेयरले त्रुटि गरेका कारण भर्ना हुन योग्य विद्यार्थी भर्ना हुन नपाएका हुन् ।

कामपाले सोमबार पहिलो भर्ना सूची सार्वजनिक गरेको थियो । परीक्षाफल प्रकाशित भएलगत्तै कामपाले सूचना जारी गरी ‘म्याचिङ’को नतिजा चित्त नबुझे निवेदन दिन आग्रह गरेको थियो ।

सूचनामा सफ्टवेयरमा समस्या आएको सम्बन्धमा खुलाइएको थिएन । विभागले निवेदन माग गरेपछि सोमबार र मंगलबार विभागमा भीड लागेको थियो । भर्ना हुन नसकेको बारेमा बुझन अभिभावक, विद्यालयका शिक्षक र विद्यार्थी स्वयं महानगरमा निवेदन दिन पुगेका थिए ।

कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले परीक्षाफल प्रकाशित गर्दा सामान्य समस्या भएको स्वीकार्नुभयो । कामपाले आइतबार परीक्षाफल प्रकाशित गरेको थियो । ‘संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीको नाम सामुदायिक विद्यालयमा परेपछि समस्या आएको जिकिर गर्दै कोइरालाले भने– ‘कम्प्युटरमा सफ्वेयरले गडबडी गर्दा त्रुटि देखिएकोे हो ।’ विशेष गरी संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीको नाम सामुदायिक विद्यालयको सूचीमा परेको र केहीले नतिजा चित्त नबुझेर निवेदन दिनेको भीड लागेको बताए । 

उनका अनुसार पहिलो सूचीमा चित्त नबुझेर निवेदन दिने विद्यार्थीको संख्या करिब ५ सयको हाराहारीमा थियो । विभागले जारी गरेको सूचनामा निवेदनउपर कारबाही सम्पन्न भएपछि ‘म्याचिङ’को पहिलो भर्नासूचीको अन्तिम नतिजा प्रकाशन गरिने जनाएको छ ।

सोमबार परीक्षाफल प्रकाशित गरेर पहिलो सूची सार्वजनिक भएपछि त्रुटि देखिएकोले पहिलो सूचनाको भर्ना भएपछि मात्र दोस्रो सूची सार्वजनिक गर्ने तयारी गरेको छ ।

नाम निस्केका विद्यार्थीलाई त्रुटि सच्याएपछि मात्र भर्ना हुन जान आग्रह गरेको विभागले बुधबारबाट मात्र भर्ना हुनसक्ने जानकारी दिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकबाट।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य