२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

भदौमा ब्याजदर परिवर्तन गर्न बैंक खुला

३२ श्रावण २०८०, बिहीबार ०३:०५

साउन ३२, काठमाडौं | नेपाल बैंकर्स संघले भदौका लागि बैंक व्याजदरमा हस्तक्षेप नगर्ने नीति लिएसँगै केही वाणिज्य बैंकहरुले भदौमा निक्षेपको व्याजदर बढाउन सक्ने देखिएको छ । साउनमा केही बैंकले व्याजदर बढाएर निक्षेप थपेपछि भदौमा निक्षेप कम भएका बैंकले व्याजदर बढाएर तान्न सक्ने देखिएको हो । 

कुनकुन बैंकले व्याज बढाएर निक्षेप तान्दैछन् भन्ने खुलेको भने छैन। गत असार अन्तिममा बैंकर्स संघले व्याजदरमा लागु हुँदै आएको भद्र सहमति तोडेको थियो । त्यसपछि केही बैंकहरूले आ(आफ्नै तरिकाले व्याजदर निर्धारण गर्दै आइरहेका छन् । भदौमा पनि यही प्रवृत्ति कायम रहने देखिएको हो ।

साउनमा व्याजदर नबढ्ने गरी भद्र सहमति तोडिए पनि केही बैंकहरूले आफू अनुकूल व्याजदर बढाएका थिए। त्यसैको निरन्तरतास्वरुप केही बैंकहरूले भदौका लागि व्याजदर बढाउन सकिने देखिएको छ । बैंकहरूले महिनाको मसान्तमै व्याजदर प्रकाशन गर्नुपर्ने हुन्छ । सोहीअनुसार बिहीबार बैंकहरूले नयाँ व्याजदर प्रकाशन गर्नुपर्नेछ ।

पछिल्लो समय अर्थतन्त्रमा सुस्तता आएका कारण समग्र बजार तथा सरकारको समेत चाहना व्याजदर घटाउने रहेको छ। तर, केही बैंकले व्याजदर बढाए नवढाउने बैंकको निक्षेप गुम्न सक्ने डर रहन्छ।

केहीले व्याजदर बढाउँदै गर्दा केहीले गत साउनमा ब्याजदर बढाएनन्। व्याजदर नबढाउने सहमति गराएर व्याजदर बढाएपछि केही बैंकरले असन्तुष्टि जनाउँदै आएका छन् ।

'व्याज नबढाउने भनेर सहमति गरियो। पछि आफैँ मनलाग्दी व्याज बढाइयो,' एक वाणिज्य बैंकका सीईओले भने, 'भद्र सहमति तोड्नु गलत भयो ।' यो समाचार कारोवार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य