२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

काठमाडौँ–तराई/मधेश द्रुत मार्गमा थप तीन वटा सुरुङ थपिने

२ भाद्र २०८०, शनिबार ०२:५४

भदौ २, काठमाडौँ | काठमाडौँ–तराई/मधेश द्रुत मार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन भएको छ। संशोधनसँगै आयोजनाको लागत र समय घट्ने छ भने सुरुङ मार्गको सङ्ख्या थपिने छ। संशोधन अनुसार द्रुत मार्गमा थप तीन वटा सुरुङ निर्माण गरिने छन्। सबै गरेर सुरुङको कुल लम्बाइ ८.६ किलोमिटर पुग्ने छ। अहिले तीन वटा सुरुङ निर्माण भइरहेका छन्।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकारले आयोजनाको लागत र समय घट्ने गरी काठमाडौँ–तराई/मधेश द्रुत मार्गको ‘डिपिआर’ संशोधन गर्ने निर्णय गरेको जानकारी दिए। उनले भने, “करिब दुई अर्ब दुई करोड रुपियाँ निर्माण लागत र निर्माणको समय पनि घट्ने गरी ‘डिपिआर’ संशोधन भएको छ। सुरुङ मार्ग थपिँदा सडकको लम्बाइ र मूल्य दुवै घट्यो।” द्रुत मार्गको भौतिक प्रगति कमजोर देखिएपछि यातायातमन्त्री ज्वालाले नेपाली सेनासँग असन्तुष्टि जनाउँदै द्रुत मार्गको काम द्रुत गतिमा हुनुपर्नेमा प्रगति हेर्दा आशावादी नभएको बताएका थिए । नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले नेपाली सेनाले चार महिनाअघि गरेको प्रस्ताव अनुसार सरकारले द्रुत मार्गको ‘डिपिआर’ संशोधन गर्ने निर्णय गरेको जानकारी दिए । उनले भने, “परामर्शदाताको सुझावमा आयोजनाको प्याकेज नम्बर ८ को ‘क’ र प्याकेज नम्बर १० को ‘डिपिआर’ संशोधन गरिएको प्रस्तावमा सरकारले सो निर्णय गरेको हो।”

उनका अनुसार कमजोर भू–बनोटका कारण सडक निर्माण गर्दा पहिरोलगायतका समस्या हुन सक्ने भन्दै सेनाले सुरुङ मार्ग निर्माण गर्न ‘डिपिआर’ संशोधनका लागि चार महिनाअघि सरकारसमक्ष प्रस्ताव गरेको थियो। द्रुत मार्गको काठमाडौँतर्फबाट शून्य किलोमिटर ललितपुरको खोकनादेखि १२ किलोमिटर र २४ किलोमिटरमा क्रमशः चन्दान र रामचन्द्र भिर भन्ने ठाउँमा आयोजनाको ‘डिपिआर’ संशोधन गरिएको हो।

नेपाली सेनाले निर्माण व्यवस्थापनको जिम्मा पाएको छ वर्षको अवधिमा आयोजनाको कुल प्रगति करिब एक चौथाइ मात्र भएको छ। चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सरकारले २०७४ साउन २७ गते द्रुत मार्गको काम नेपाली सेनालाई दिने निर्णय गरेको थियो। २०८३ साल चैत मसान्तसम्ममा सक्ने गरी आयोजनाको म्याद थप गरिएको छ। गोरखापत्र दैनिकबाट। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य