2026-09-18 09:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

यी हुन् काठमाडौंमा रेलका लागि सम्भावित पाँच मार्ग

भदौ ७, काठमाडौं | बढ्दो सवारी चाप । ट्राफिक व्यवस्था अस्तव्यस्त । घरबाट निस्केर निर्धारित सयममा गन्तव्यमा पुग्न कठिन । सार्वजनिक मात्र होइन, निजी सवारीसाधन भए पनि जाममा फस्नुपर्ने बाध्यता । यो समस्या समाधान गर्ने भन्दै राजनीतिक दलहरूले काठमाडौं उपत्यकामा मोनोरेल र मेट्रोरेलको सपना बाँड्न थाले । रेलका योजना अघि सार्न थालेको पनि करिब दुई दशक पुग्न थालेको छ ।

२०६२ सालको राजनीतिक परिवर्तनपछि दलहरूले चुनावी घोषणापत्रमा रेलका हावादारी गफ दिन सुरु गरेका थिए । सन् २०११ मा उपत्यकामा रेलको सम्भाव्यता अध्ययन भएको थियो । अध्ययनबाट पाँच रुटमा मेट्रो रेल सञ्चालन गर्न सकिने देखियो । तर त्यो प्रतिवेदन दराजमा थन्किएको छ । रेलमार्ग निर्माण प्रगति शून्य छ ।

अहिले फेरि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यकामा मेट्रो रेल चलाउने प्रस्ताव अघि सारेका छन् । रुसले रेल बनाइदिने आशा देखाएपछि पूर्वाधारमन्त्री ज्वालाले नेपालका लागि रुसका राजदूत अलेक्सी नोमिकसहितको टोलीसँग उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि सघाउन अनुरोध गरेका छन् । 

रुसी संसद्का अध्यक्ष भ्याचिसलोभ भिक्टोरोभिज भोलोडिन नेपाल भ्रमणमा आउने पूर्वसन्ध्यामा मन्त्री ज्वालाले यस्तो प्रस्ताव गरेका छन् । रूस रेल बनाउन विश्वभर प्रख्यात रहेकाले सहयोग मागिएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । रुस मेट्रो रेलमा ‘पायोनियरु भएकाले राजदूतसँग मेट्रो रेल निर्माणबारे छलफल भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए।

‘हामीले मेट्रो रेल बनाउनुपर्नेछ भन्ने कुरा राखेका छौं,’ शर्माले भने, ‘उहाँहरू (रुस) सकारात्मक देखिनुभएको छ ।’ यसअघि गरिएको प्रारम्भिक अध्ययनका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुन सक्ने सचिव शर्माले बताए ।

सन् २०११ मा सरकारले कोरियन परामर्शदाता कम्पनीबाट गराएको पूर्वसम्भाव्यता अध्ययनले पाँचवटा रुटमा रेल सञ्चालन गर्न सकिने देखाएको थियो । जसअनुसार पहिलो रुट सातदोबाटो-पुल्चोक- त्रिपुरेश्वर-रत्नपार्क- नारायणहिटी- महाराजगन्ज हुँदै नारायणगोपाल चोकसम्म, दोस्रो रुट कलंकी –कालिमाटी-माइतीघर-तिनकुने हुँदै एयरपोर्टसम्म, तेस्रो रुट चक्रपथ, चौथो भूमिगत रुट स्वयम्भू-छाउनी-बागबजार – डिल्लीबजार -पुरानो बानेश्वर-गौशाला-चाबहिल हुँदै बौद्धसम्म र पाँचौं रुट धोबीघाट पुल्चोक-पाटन दरबार नयाँ बानेश्वर-माइतीघर- सिंहदरबार-सहिदगेट-डिल्लीबजार-टंगाल नारायणहिटी-नयाँबजार हुँदै गोंगबुसम्म हुने छ । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई