२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गोसाइँकुण्डका तीर्थयात्रु शुलाद्री पर्वत चढ्न थाले

९ भाद्र २०८०, शनिबार ०९:२०

भदौ ९, रसुवा | निलाद्री पर्वतमा विराजमान  गोसाइँकुण्ड शिव भगवानको दर्शनका लागि भक्तजनको आगमन सुरू भएको छ । भोलि आइतबार अर्थात् भदौ १० गते पर्ने पुत्रदा एकादशीका अवसरमा स्नान एवं पूजाआजाका लागि करिब दुई हजार भक्तजन आज बिहानै धुञ्चेबाट सुलाद्री पर्वतको उकालो चढ्न थालिसकेका छन् ।         

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमका अनुसार मेला भर्न आएका भक्तजनलाई खाने, बस्ने व्यवस्थाका लागि स्थानीय होटल व्यवसायीमार्फत होटल, लज तथा थर्कुको व्यवस्थापन गरिएको छ । चिया, नास्ता तथा खानाको दरभाउसमेत निर्धारण गरिसकिएको उनले जानकारी दिए । 

“यात्राका क्रममा यात्रुको स्वास्थ्यमा केही समस्या आए उपचार गराउन चिकित्सकको व्यवस्थापन गरेका छौँ”, डिएमले भने, “अन्य आवश्यक सहयोगका लागि स्वयं सेवक परिचालन गरिएको छ ।” उनले यात्रुका लागि आवश्यक पर्ने सम्पूर्ण प्रारम्भिक सेवा उपलब्ध गराउने गरी तयारी पुरा भएको जानकारी दिए । विशेष गरी तीर्थ यात्रुलाई लेक लाग्ने समस्या बढी देखिने भएकाले नेपाली सेना चोलाङपाटी र हिमालय उद्धार सङ्घको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरी उपचारको व्यवस्था मिलाइएको समितिका अध्यक्ष डिएमले बताए । 

गोसाइँकुण्डमा प्रत्येक वर्ष गङ्गा दशरामा १० दिन र जनैपूर्णिमामा पाँच दिन गरी वर्षको १५ दिन विशेष मेला लाग्ने पुरोहित टङ्कप्रसाद ढकालले जानकारी दिए । जीवनमा एक पटक पुग्नैपर्ने तीर्थ गोसाइँकुण्ड भएको जनाउँदै उनले यहाँ पुग्दा प्राकृतिक र धार्मिक दृष्टिले आनन्द प्राप्त हुनुका साथै मनोकामना पुरा हुने विश्वास व्यक्त गरे । “पवित्र तीर्थ गोसाइँकुण्ड समुद्र सहतदेखि १४ हजार एक सय फिटको उचाइमा पर्दछ । यहाँ स्नान गरी पूजाआरधना गर्नाले सबै कार्य सिद्ध हुने धार्मिक मान्यता रहिआएको छ”, उनले भने ।

कुण्ड क्षेत्र बागमती प्रदेशअन्तर्गत रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ मा अवस्थित रहेकाले उक्त गाउँपालिकाले यहाँ आउने यात्रुका लागि बासस्थान, खाना, उपचारलगायतको व्यवस्थापनमा समन्वय गरिरहेको स्थानीयले बताएका छन् ।

सम्पूर्ण देवदेवताले जनैपूर्णिमाका दिन गोसाइँकुण्डमा बास लिने धार्मिक विश्वास रहिआएको पुरोहित ढकालले बताए । “जनैपूर्णिमाका दिन सम्पूर्ण देवदेवता यहाँ बास बस्न आउने धार्मिक विश्वास छ । त्यसैले यस अवसरमा यहाँ मेला लाग्ने गर्दछ”, उनले भने, “यस कुण्डमा स्नान गरी दर्शन गर्नाले सबै देवताको दर्शन एकैथलोमा मिल्न गई आफ्ना सबै मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।” 

यस वर्ष भदौ १४ गते जनैपूर्णिमा पर्व परेको छ । उक्त दिनसम्म करिब १५ हजार भक्तजनलाई गोसाइँकुण्ड पु¥याउने लक्ष्य राखिएको गोसाइँकुण्ड क्षेत्रविकास समितिले जनाएको छ । समितिका साथै जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, लाङ्टाङ राष्ट्रिय निकुञ्ज, स्थानीय सरकारलगायत निकायको सहयोगमा गोसाइँकुण्ड मेला व्यवस्थापन गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी प्रकासचन्द्र अधिकारीले बताए । तीर्थयात्रुको सुरक्षारार्थ रसुवाको प्रवेशद्वार बेत्रावतीदेखि गोसाइँकुण्डसम्म आवश्यक सुरक्षा जनशक्ति परिचालन गरिसकिएको बताउँदै उनले सम्पूर्ण यात्रुलाई निर्धक्क साथ यात्रा गर्न अनुरोध गरे । 

प्रजिअ अधिकारीले कसलाई पनि यात्राका क्रममा सुरक्षा वा अन्य कुनै सहयोग आवश्यक परेमा जिल्ला प्रशासन कार्यालय रसुवाको मोबाइल नं ९८५१२७७७७७, जिल्ला प्रहरी कार्यालयको मोबाइल नं ९८५१२७५५५५ वा ०१०५४०१९९ मा खबर गर्नसमेत सम्पूर्ण भक्तजनलाई आग्रह गरे ।            

यात्राको क्रममा लेक लाग्ने समस्याका बिरामी यात्रुको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहित सुरक्षा निकाय परिचालन गरिएको उनले जानकारी दिए । यात्रुले प्रयोग गरेका सवारीसाधन व्यवस्थापनका लागि धुञ्चेमा पार्किङस्थल निर्माण गरेको जनाउँदै प्रजिअ अधिकारीले पार्किङस्थल सुरक्षा तथा व्यवस्थापनका लागि स्थानीय तहले स्वयं सेवक परिचालन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै