२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

सुन तस्करी: अधिकारी र दावाबीचको संवादको ‘कल डिटेल्स’ मागेर अनुसन्धान गर्ने अख्तियारको तयारी

१२ भाद्र २०८०, मंगलवार १०:५०

भदौ १२, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करी काण्डमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीले सुन तस्कर दावासँग गरेको वीच्याटलगायतका संवादको बारेमा पनि विस्तृत अध्ययन गर्ने भएको छ ।

अख्तियारले सुन तस्करी प्रकरणमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारीसहितका कर्मचारीमाथि विस्तृत अनुसन्धान गर्ने निर्णय गरिसकेको छ । त्यसका लागि अनुसन्धान अधिकृत नै तोकेर अनुसन्धान थालिसकेको अख्तियार स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अख्तियारले अधिकारीले दावासँग गरेका विभिन्न व्यावसायिक डिल तथा अन्य आर्थिक सम्बन्धका बारेमा छानबिन थालेको छ ।


अख्तियारका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने–‘छानबिनका क्रममा आवश्यक परेमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)सँग दावा र अधिकारीबीच वीच्याटमा भएका कुराकानीको विवरण वा कलडिटेल्स कल डिटेल्स माग्छौं ।’

सुन तस्करीका प्रमुख योजनाकार मानिएका दावा छिरिङ गत १५ साउनमा पक्राउ परेका थिए । उनको कल डिटेल्स र अन्य इलेक्ट्रिक डिभाइसका बारेमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अध्ययन र छानबिन गर्दै आइरहेको छ ।

यसै क्रममा केही दिनअघि मात्रै सीआईबीका अनुसन्धान अधिकृतहरूले दावा र अधिकारीबीच पटकपटक वीच्याटमा कुराकानी हुने गरेको र सो क्रममा व्यापारिक डिलसमेत हुने गरेको फेला पारेका थिए । सुन तस्कर दावासँग सेटिङ गरेका विभिन्न प्रमाणहरू फेला पार्दा पनि सीआईबीले अधिकारीलाई पक्राउ गरी कारबाही गर्न सकेको छैन ।

पछिल्लो समय ६१ किलो सुन तस्करी र त्यसअघि इलेक्ट्रिक सिगरेट (भेप) मार्फत् गरिएको ९ किलो सुन तस्करीमा संलग्न रहेका भनिएका सबै कर्मचारीमाथि अख्तियारले एकै पटक विस्तृत अनुसन्धान गर्दै आइरहेको छ । अख्तियारले अधिकारीलगायतका सुन तस्करीमा मुछिएका कर्मचारीको सम्पत्तिका बारेमा समेत अनुसन्धान थालेको जनाइएको छ । यो समाचार नोल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य