2026-06-20 02:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

संरक्षकबाटै बलात्कृत

भदौ १४, इलाम | भदौ पाँच गते आफ्नै हजुरबुबाले १४ वर्षीय नातिनीलाई जवरर्जस्ती करणी गरी गर्भवती बनाएको आरोपमा हजुरबुबालाई प्रहरीले पक्राउ ग-यो । ६५ वर्षीय हजुरबुबाले आफ्नै छोराकी छोरीलाई एक वर्ष यता पटक पटक करणी गर्दै आएको र चार महिनाको गर्भ रहेको स्वास्थ्य जाँचबाट थाह भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । विद्यालयमा अध्ययनरत छात्रालाई अस्वाभाविक देखेपछि शिक्षक शिक्षिकाले अनुसन्धान गरेर बालिकामाथि सोधखोज गरेको र बालिकाले आफ्नै हजुरबुवाले आफूमाथि यस्तो कार्य गरेको बताएपछि हजुरबुबालाई पक्राउ गरिएको थियो ।

गत वर्ष एक वालिकाको आफ्नै सौत्याने बुबाले बलात्कार गरी गर्भवती बनाए । ११ वर्षकी उक्त बालिका गर्भवती भएको तीन महिनामा बुबाबाट गर्भवती भएको पुष्टि भयो । बुबा अहिले सम्म फरार छन् । बालीकाका आफ्नै बुबा कहाँ छन् भन्ने अहिले सम्म थाहा हुन सकेको छैन । बालिकाकी आमाले दोस्रो विवाह गरिन ।

विवाह गरेको केही समयपछि सुत्केरी भइन । दोस्रो विवाह गरेर गएकी आमा सुत्केरी हुँदा घरमा सर सहयोगका लागि लगिएकी उक्त बालिकालाई सौत्याने बुबाले गर्भवती बनाएर फरार भए । ती बालिका अहिले आफन्तसँग बेसेकी छिन । गत चैत्र २० गते १५ वर्षकी बालिकालाई घरमा कोही नभएको मौका पारी करणी गरेको आरोपमा प्रहरीले भाइलाई पक्राउ ग-यो । पीडित बालिकाको आमाको भाइको छोराले घरमा कोही नभएको बेला करणी गरेको भन्दै जाहेरी परेको थियो । पीडित कानुनी कारबाहीमा छ ।

गत पुस १७ गते १३ वर्षकी बालिकालाई फकाई फुल्याई पाँच सय रुपैयाँ दिएर करणी गरेको र २५ हप्ताको गर्भ भएपछि प्रहरीले पक्राउ ग-यो । विभिन्न प्रलोभनमा पारि आफ्नै घरमा बोलाएर करणी गरेको प्रहरी अनुसन्धानले देखाएको छ । गत वर्ष १५ वर्षीय एक बालिका बलात्कृत भइन । उनी कोबाट बलात्कृत भइन भन्ने खुल्न सकेन । अपरिचित व्यातिबाट बलात्कृत उक्त बालिका बुबा र आम बिचको सम्बन्ध समेत राम्रो नभएको अनुसन्धानले देखाएको छ । १४ वर्षकी एक बालिका चार वर्ष देखि जबरजस्ती करणीको सिकार बनिन ।

गत वर्ष भदौ २३ गते दुई जना बालिकाहरुलाई जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ ग-यो । दुवैले १४ वर्षीय र १३ वर्षीय वालिकाहरुलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको थियो । एक वर्ष अघि भतिजी साइनो पर्ने बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा ६२ वर्षका वृद्धलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको थियो । करणी गरेको आरोपका केही अभियुक्त अझै पनि फरारमा छन् भने धेरै कानुनको सजाय भोगिरहेका छन् ।

यी त जिल्लाका प्रतिनिधि मुलक घटना मात्रै हुन । गत आव र चालु आवमा इलाममा ३० वटा जवरजस्ती करणीको मुद्धा आएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ