डा. जयनमान श्रेष्ठ ।
म २५ वर्षीया अविवाहित युवती हुँ । मैले विवाहपूर्व नै पटकपटक यौन सम्पर्क राखिसकेको छु । घरमा मेरो विवाह गर्ने कुरा चलिरहेको छ । व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... डा. जयनमान श्रेष्ठ ।
म २५ वर्षीया अविवाहित युवती हुँ । मैले विवाहपूर्व नै पटकपटक यौन सम्पर्क राखिसकेको छु । घरमा मेरो विवाह गर्ने कुरा चलिरहेको छ । व"/>
२८ मंसिर २०८२, शनिबार
अछाम - ACM

मैले विवाहपूर्व नै पटकपटक यौन सम्पर्क राखिसकेको छु, तर विवाहपछि श्रीमानले…

१७ आश्विन २०७३, सोमबार ०६:४०

डा. जयनमान श्रेष्ठ ।

म २५ वर्षीया अविवाहित युवती हुँ । मैले विवाहपूर्व नै पटकपटक यौन सम्पर्क राखिसकेको छु । घरमा मेरो विवाह गर्ने कुरा चलिरहेको छ । विवाहपछि श्रीमानले विवाहपूर्व मैले यौनसम्पर्क राखेको थाहा नपाऊन् भन्ने चाहन्छु । यसको लागि मैले के उपाय अपनाउन सक्छु ? -भी

सामान्यतयाः विवाहपूर्व यौनसम्पर्क राखेको सजिलै थाहा हुँदैन । तर, धेरै महिलामा विवाहपूर्व यौनसम्पर्क राखेको कुरा श्रीमान्ले थाहा पाउँछन् कि भन्ने डर रहेको पाइन्छ । 

विवाहपूर्व यौनसम्पर्क राखेर मात्रै होइन, अन्य कारणले पनि कुमारीत्वको मापदण्ड मानिने महिलाको योनिमा हुने झिल्ली च्यातिन सक्छ । तर, नेपालका केही समुदायमा अझै विवाहपछि हुने पहिलो सहवासमा ओछ्यानमा रगतको टाटो हुनुपर्ने मान्यता विद्यमान छ । 

कतिपयले त्यो झिल्लीको दुरुस्तीसँग महिलाको चरित्र दाँज्ने भएकाले विवाह गर्ने समय नजिकिँदा कुमारीत्व पुनः प्राप्ति (भर्जिनिटी रिपेयर) का लागि तपाईंको जस्तै जिज्ञासा राख्नेहरू बढेका छन् ।  

सर्जरीको माध्यामबाट ‘कुमारीत्व’को पुनप्र्राप्ति हुने विषयका पक्ष–विपक्षमा विश्वमै विविध धारणा छन् । तर, मेडिकल दृष्टिकोणले भने ‘भर्जिनिटी रिपेयर’मार्फत कुमारीत्व पुनप्र्राप्त गर्न सकिन्छ । 

एकचोटि यौनसम्पर्क राख्दा वा अन्य कुनै तरिकाले योनिमा रहेको उक्त पातलो झिल्ली च्यातिन्छ । च्यातिएको उक्त झिल्ली योनिको भित्री भागमा रिङको आकारमा बसेको हुन्छ र सर्जरीमार्फत पहिलेकै अवस्थामा ल्याएर सिलाएर राखिन्छ । 

पहिलो सहवासमा रगत आउने भनेको सोही झिल्ली च्यातिएर हो । सो झिल्ली च्यातिएर योनिको भित्री भागमा रिङजस्तो बनेर बस्छ । यसलाई सिलाएर पुरानै अवस्थामा ल्याउन सकिन्छ ।

योनिमा मात्र अहिले भेजाइनल टाइटिङ, भेजाइनल रिकन्ट्रक्सन, ल्याबियाप्लास्टी, ल्याबिया रिडक्सन र हाइमेनोप्लास्टीजस्ता कन्सट्रक्टिभ सर्जरी हुन्छन् । भर्जिनिटी रिपेयरबाहेक भेजाइनल रिकन्सट्रक्सन (योनि टाइट पार्ने) र ल्याबिया रिडक्सन (योनि सानो पार्ने) प्रक्रिया पनि नेपालका शहरिया महिलाले अपनाइरहेका छन् । ‘भेजाइनल रिकन्सट्रक्सन’ अर्थात् योनि टाइट पार्ने प्रक्रियामा योनिद्वार सानो पारिने गरिन्छ भने ल्याबिया रिडक्सनमा योनि वरिपरिको भागलाई नै सानो पारिने हुन्छ ।

विशेष गरी, टाइट पाइन्ट वा ट्राउजर लगाउने चाहना राख्नेहरूलाई कहिलेकाहीँ योनिको सेप कपडामा देखिएर लाजमर्दा हुन्छ । सन्तानका आमा भइसकेका पाका महिलाको बच्चा जन्माउँदा योनि वरिपरिको मांसपेशी तन्किएर योनिको बाहिरी छालाको पत्र झोल्लिन सक्छ । जसले गर्दा टाइट कपडा लगाउँदा योनिको सेप देखिन्छ । 

उक्त अनावश्यक छालाको पत्रलाई फालेर सामान्य अवस्थामा ल्याउने प्रक्रिया अर्थात् ‘लिबिया रिडक्सन’ बाट गरिन्छ ।

भेजाइनल डेलिभरी हुँदा योनि र योनि वरिपरिको मांसपेशी लुज हुन्छ । जसले गर्दा योनि खुकुलो हुन्छ । यस्तो बेलामा आराम गर्न नपाउने तथा गह्रुँगो भारी बोक्नुपर्ने महिलाहरूको पाठेघर खस्ने सम्भावना अधिक हुन्छ ।

 बेलैमा ‘भेजाइनल रिपेयर’ अपरेसन गर्न सक्ने हो भने पाठेघर खस्ने समस्याबाट महिलालाई जोगाउन सकिन्छ । ‘भेजाइनल रिपेयर’का लागि गरिने अपरेसन त्यति ठूलो हुँदैन । 

यो अपरेसनका लागि बेहोस बनाउनु पर्दैन । अपरेसन गर्ने ठाउँमा नदुख्ने सुई लगाएर ४५ मिनेटदेखि एक घण्टाको बीचमा ‘भेजाइनल रिपेयर’को अपरेसन सम्पन्न गर्न सकिन्छ । शुक्रबार साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ