असोज १७, काठमाडौँ । बाँकेको राराबासदेखि मुगुको रारा तालसम्मको नयाँ पर्यटन प्रवद्र्धन कार्यक्रम आज यहाँ सार्वजनिक गरिएको छ । 

नेपाल पर्यटन बोर्ड र सोसा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १७, काठमाडौँ । बाँकेको राराबासदेखि मुगुको रारा तालसम्मको नयाँ पर्यटन प्रवद्र्धन कार्यक्रम आज यहाँ सार्वजनिक गरिएको छ । 

नेपाल पर्यटन बोर्ड र सोसा"/>

2026-09-08 11:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राराबासदेखि रारातालसम्म’को पर्यटन प्रबर्धन

असोज १७, काठमाडौँ । बाँकेको राराबासदेखि मुगुको रारा तालसम्मको नयाँ पर्यटन प्रवद्र्धन कार्यक्रम आज यहाँ सार्वजनिक गरिएको छ । 

नेपाल पर्यटन बोर्ड र सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स नेपाल (सोट्टो)को आयोजनामा आज पूर्व पर्यटन राज्यमन्त्री बलदेवबहादुर महत, नेकपा (एमाले)का पर्यटन विभाग प्रमुख सूर्य थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशी र सोट्टोका अध्यक्ष याम खड्कालगायतले सो कार्यक्रम सार्वजनिक गर्नुभएको हो । 

‘कर्णाली निकट होइन विकट’ भन्ने नारामा साथ प्रदेश नं ६ का बाँके, सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगुसहित छ जिल्लालाई केन्द्रित गरेर सो प्रवद्र्धन कार्यक्रम तय गरिएको हो । गत भदौ ३० देखि यही असोज ६ सम्म महतको नेतृत्वको टोलीले सो क्षेत्रमा ‘पर्यटन जागरण, अन्तक्र्रिया र भ्रमण’ सम्पन्न गरी कार्यक्रम तय गरेको हो । 

विसं २०३२ मा रारा राष्ट्रिय निकुञ्जबाट त्यहाँका नागरिकलाई विस्थापन गरी बाँकेको चिसापानी सारिएको थियो । हाल चिसापानीमा राराबास बनाइएको छ । 

पूर्व राज्यमन्त्री महतले रारासम्म पुग्ने सडक बाटो पक्की भएमा सो क्षेत्रमा विकासको थप सम्भावना हुने बताउनुभयो । उहाँले सरकारले कर्णालीका लागि विनियोजन गरेको बेजट केवल आँखामा छारो हाल्ने प्रकारको मात्र भएको गुनासो गर्नुभयो । 

एमाले पर्यटन विभाग प्रमुख थापाले छ नं प्रदेशका छ जिल्लालाई केन्द्रित गरेर पर्यटनका बहुआयामिक सम्भावना, पूर्वाधार निर्माण, आधुनिक विकास, गन्तव्य पहिचान र प्रवद्र्धनसहित बजारीकरणका लागि एकीकृत र व्यवस्थित गर्न आवश्यक भएको बताउनुभयो । 

प्रमुख कार्यकारी निर्देशक जोशीले पर्यटन व्यवसायीको अगुवाइमा भएका प्रवद्र्धनसम्बन्धी कार्यक्रम सफल हुने भन्दै मध्यपश्चिमको यस नयाँ कार्यक्रमलाई प्रवद्र्धन गर्न आवश्यक सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो