अछाम १७, असोज । जनता बैङ्क नेपाल लिमिटेडले अछामका ग्रामिण क्षेत्रका बजारहरुमा शाखा रहित बैङ्किङ सेवा सञ्चालन गरेको छ । स्थानीय जनतालाई सरल र सहज रुपमा बित्तिय से"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अछाम १७, असोज । जनता बैङ्क नेपाल लिमिटेडले अछामका ग्रामिण क्षेत्रका बजारहरुमा शाखा रहित बैङ्किङ सेवा सञ्चालन गरेको छ । स्थानीय जनतालाई सरल र सहज रुपमा बित्तिय से"/>
2026-08-29 09:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका गाउँ-गाउँमा जनता बैङ्क

अछाम १७, असोज । जनता बैङ्क नेपाल लिमिटेडले अछामका ग्रामिण क्षेत्रका बजारहरुमा शाखा रहित बैङ्किङ सेवा सञ्चालन गरेको छ । स्थानीय जनतालाई सरल र सहज रुपमा बित्तिय सेवा उपलब्ध गराउने उद्देश्यले ग्रामिण भेगका बजारहरुमा उक्त सेवा बिस्तार गरिएको हो ।

बैङ्कले यू. के. एड. को लगानीमा सञ्चालित सक्षम कार्यक्रमसंगको सहकार्यमा जनता बैङ्क नेपाल लिमिटेड मंगलसेन शाखाले अछामका ग्रामिण भेगका ५ वटा स्थानीय बजारहरुमा शाखारहित बैङ्ककिङ सेवाको उदघाटन गरेको छ । 

जिल्लाको पूर्वी बिकट क्षेत्र तुर्माखाँद बजार सहित कमलबजार, बिनायक, जयगढ बजार र पर्यटकीय क्षेत्र रामारोशनको प्रवेशद्धारामा रहेको मुजावगर बजारमा शाखारहित बैङ्ककिङ सेवा बिस्तार गरिएको बैङ्कका बितिय प्रमुख अमित श्रेष्ठले बताए । 

साखारहित बैङ्किङ सेवाको बिस्तार संगै स्थानीय जनताहरुलाई बित्तय सेवामा सहज रुपमा पहुँच पुग्ने बैङ्कले विश्वास लिएको छ । सेवा बिस्तारका क्रममा मंगलसेन शाखाका निमित्त प्रवन्धक तिलकराज खतिवडाले ५ वटै ठाँउमा आवश्यक उपकरण र सामग्रीहरु हस्तान्तरण गरे । 

ति स्थानीय बजार क्षेत्रहरुमा स्थानीय ब्यापारीहरुलाई नै उक्त सेवाप्रदानका लागि जिम्मेवारी बैङ्कले दिनेगरेको छ । जनता बैङ्क नेपाल लिमिटेडले अछामका ग्रामिण बजार क्षेत्रमा शाखारहीत बैङ्ककीङ सेवा बिस्तार गरिसकेपछि स्थानीयको जीवनस्तर सुधारका साथै बित्तिय पहुँच सहज रुपमा पुग्न सक्ने अछाम उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्र प्रसाद ढुगांनाले बताए । उनले यति मात्र नभई जनताको जिवन स्तर सुधारका लागि स्थानिय उत्पादनमा बिशेष जोड दिन पनि स्थानीयलाई आग्रह गरे । 

आयआर्जन बढाएर आर्जित रकम जम्मा गर्ने बानीको विकास भएमा जीवनस्तर सुधार्न र आर्थिक प्रगती गर्न सकिने सुझाव समेत उनले दिए । यसरी शाखारहित भएपनि ग्रामिण बस्तीहरुमा बैङ्ककिङ सेवा सुचारु भएको प्रति स्थानीय राजनीतिज्ञहरु, ब्यापारी, बुद्धिजिवी र स्थानीय कृषकहरु पनि निकै हर्षित बनेका छन् । 

जनता बैङ्कको यस्तो कार्यले स्थानीयमा उत्साह थपेको पत्रकार महाँसंघ अछामका उपाध्यक्ष जनकराज भण्डारी बताँउछन् । यसरी ग्रामीणका बजारहरुमा बैङ्ककिङ सेवा उपलब्ध भएपछि घण्टौं पैदल हिडेर सदरमुकाम मंगलसेन पुग्नुपर्ने झन्झटवाट स्थानीय मुक्त हुने उनको विश्वास छ । 

सामान्य कृषकदेखि स्थानीय ब्यापारी सम्मको पैसाको सुरक्षाका साथै सहज रुपमा सुविधा उपलब्ध भएको स्थानीय कृष्ण ढकालको भनाई छ । तत्कालिन जनयुद्धका कारण जिल्लाका ढकारी, चौरपाटी लगायतका स्थानीय बजारक्षेत्रमा रहेका बैङ्कहरुका शाखा उपशाखाहरु बिस्थापित भएपछि बित्तिय कारोवारका लागि हरेक अछामीले सदरमुकाम मंगलसेन पुग्नुपर्ने बाध्याता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो