२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

गाँजा र चरेस हङकङ पुर्‍याउन किताबको प्रयोग!

२२ भाद्र २०८०, शुक्रबार ११:२०

भदौ २२, काठमाडौँ | हङकङबाट सुन तस्करी गरेर त्रिभुवन विमानस्थलबाटै नेपाल भित्राइरहेको घटनाको अनुसन्धान नसकिँदै नेपाल प्रहरीले तस्करीको अर्को घटनाको तथ्य बाहिर ल्याएको छ।

हङकङबाट सुन तस्करी भएर त्रिभुवन विमानस्थलबाटै आउने र त्रिभुवन विमानस्थलबाटै गाँजा र चरेस तस्करी भएर हङकङ जाने गरेको तथ्य बाहिर आएको हो। प्रहरी स्रोतका अनुसार पुस्तक पठाउने बहानामा लागु औषध हङकङ पुर्‍याइएको हो। ‘बुक कभरमा लागु औषध विमानस्थलबाट विदेश पुगेको भेटियो’, नेपाल प्रहरीका एक अधिकारीले भने।


कार्गो कम्पनीहरूले भन्सार र प्रहरीलाई प्रभावित पारेर वा विश्वासमा लिएर सामान पठाउँदा यस्तो अवस्था आएको ब्युरो स्रोतले जनाएको छ। विराट ग्लोबल प्राइभेट लिमिटेडले पठाएको सामानमा गाँजा र चरेस भेटिएको विवरण हङकङ प्रहरीले दिएको छ। साउन ३१ गते हङकङ प्रहरीले पत्राचार गरी नेपाल प्रहरीका अधिकारीलाई गाँजा र र चरेस बरामद भएको जानकारी गराएको भए पनि यसलाई गुपचुप राखिएको थियो।

नेपालबाट तस्करी भएर गएको गाँजा र चरेस हङकङमा बरामद भएको पाइएको छ। गत साउन २६ गते नेपाल एयरलाइन्सको विमानबाट लगिएको गाँजा र चरेस हङकङमा बरामद भएको हो। साउन २६ गते विमानस्थल कार्गो चेकिङमा वरिष्ठ सई निरञ्जन पनेरुको ड्युटी थियो। प्रहरी सहायक निरीक्षक (असई) द्वय कैलाश राउत र विष्णुबहादुर थापासहित हवलदार निरकुमारी राई र प्रदीप बस्नेत पनि त्यहाँ ड्युटीमा खटिएका थिए। कार्गोमार्फत सामान पठाउँदा लागु औषध ब्युरोले पनि जाँच गर्छ। तर कार्गोको सामानमा कसरी लागु औषध गयो भन्नेमा प्रहरी अनभिज्ञ छ।

सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न नेपाल प्रहरीले हङकङ प्रहरीसँग सहयोग मागिरहेका बेला नेपालको विमानस्थल भएर लागु औषध त्यहाँ पुर्‍याइएको हो। यस विषयमा हङकङ प्रहरीले नेपाल प्रहरीसँग चासो राखेको छ। ‘सुन तस्करी अनुसन्धानमा सहयोग माग्न हाम्रो प्रहरी त्यहाँ (हङकङ) पुगेको छ।

हङकङ प्रहरीले नेपालबाट गएको गाँजा र चरेस बरामद भएको जानकारी गराए पनि परिमाणचाहिँ खुलाएको छैन।  लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रमुख एसएसपी गोविन्द थपलियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जाँच पास गरी हङकङ पुर्‍याइएको गाँजा र चरेसबारे डिएसपीको नेतृत्वमा छानबिन भइरहेको बताए।  

‘सुरक्षा जाँचमा कसरी त्रुटि भयो, प्रहरीको त्रुटि भयो कि भन्सारको भन्नेबारे छानबिन भइरहेको छ। अहिले प्रहरीका तर्फबाट मात्रै हामीले छानबिन गरिरहेका छौँ’, थपलियाले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य