असोज १७, इलाम । दानावारीमा जारी खुल्ला नकाउट फुटबल प्रतियोगीतामा दोश्रो चरणको आजको खेलमा न्यु प्रतिभा शनिअर्जुन र थाक्ले विजयी भएका छन ।
पहिलो खेलमा न्यु प्रतिभा युथ क्लब शनिअर्जुन २ ले नवरत्न लालीगुराँस युवा समुह नारायणचोक लाई २–० ले पराजित ग¥यो । त्यस्तै गरी दोश्रो खेलमा थाक्ले युवा समुहले महमाई २ लाई समान २–० गोल अन्तरले नै पराजित ग¥यो ।
भोली हुने खेलमा लालीगुराँस युवा समुह कट्टेलटार र दिपज्योती युवा समुह पाल्टार तथा महमाई १ र युनाइटेड थ्री स्टार गुनमुने विच प्रतिस्पर्धा हुने आयोजक समितीका सदस्य श्याम मगरले जानकारी दिए ।
इलाम र झापाका ३२ टिमको सहभागीता रहेको प्रतियोगिताको विजेता र उपविजेताले क्रमश नगद २० हजार र १० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन