७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

कार्य विभाजनले एकीकृत समाजवादीमा बढ्यो असन्तुष्टि, दुई केन्द्रीय सदस्यद्वारा पार्टी छाडेको घोषणा

२९ भाद्र २०८०, शुक्रबार ०९:०१

भदौ २९, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) को कार्यविभाजनप्रति असन्तुष्टि देखिएको छ।

भदौ ५ देखि ७ गतेसम्म बसेको छैटौं केन्द्रीय कमिटी र भदौ १७ र १८ गते बसेको ६५ र ६६ औं सचिवालयको बैठकको निर्णय कार्यान्वयनका लागि एकीकृत समाजवादीले अन्तरपार्टी निर्देशन जारी गरेको थियो।

अपानिमा केन्द्रीय कमिटीले कार्यादेश नै नदिएको र सचिवालय बैठकले गर्दै नगरेको निर्णय सर्कुलरका रूपमा पठाइएको भन्दै असन्तुष्टि बढेको एक केन्द्रीय नेताले बताए।

‘केपी शर्मा ओलीको पार्टी र यो पार्टीमा कुनै फरक देखिएन। कोठाबाट अपानि जारी गर्ने काम भयो। अपानिले केन्द्रीय कमिटीले गरेका निर्णय नचिन्ने र त्यसको मर्म नबोक्ने अवस्था आयो, यो अविलम्ब सच्याउनुपर्छ,’ ती नेताले भने।

केन्द्रीय कमिटी सदस्य मोहन गौतमले अपानिमा उल्लेख भएका मनोनयन र जिम्मेवारी हेरफेरलाई लिएर व्यक्त असन्तुष्टि, विरोध, विधि र मापदण्डप्रतिका कतिपय प्रश्नहरू जायज भएको बताएका छन्। यसलाई स्वीकार गर्दै सच्याउन सकेमात्र नेतृत्व र पार्टी स्थापित हुने उनको भनाइ छ। 

‘यो रूपान्तरणको टर्निङ प्वाइन्ट पनि हुनसक्छ। हजार कुरा र तर्कभन्दा एउटा काम बढी महत्त्वको हुन्छ। अतः कुनै कुरा गलत भयो भन्दैमा त्यसबाट टाढा हुने होइन, भित्रै पसेर गल्तीलाई हटाउन असलहरूका बीच सहकार्य गरौं,’ उनले भनेका छन्।

गौतम पार्टी अध्यक्ष माधवकुमार नेपालको सचिवालयमा समेत छन्।

यता सम्मानित नेता झलनाथ खनालका स्वकीय सचिव कृष्ण भट्टराईले पनि अपानिबाट देशभरका कार्यकर्तामा उत्साह होइन, निराशा छाएको बताएका छन्।

‘देशभरबाट आएको असन्तुष्टिलाई बेलैमा नेतृत्वले सच्याओस् र गलत भएको कुरा स्वीकार गर्दै पार्टी कमिटीबाट निर्णय गराएर मात्रै अपानि होस्। त्यसबाट मात्रै पार्टी प्रणाली संस्थागत हुन्छ,’ उनले भनेका छन्।

अपानि जारी गरेपछि पार्टी छाड्ने क्रम सुरू भएको छ। केन्द्रीय सदस्य राजु गुरूङले पार्टी परित्याग गरेको बताएका छन्। उनी लुम्बिनी प्रदेशका सचिव पनि हुन्। गत निर्वाचनमा उनी रूपन्देही–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिए। तर, कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेकाले सर्वोच्च अदालतको उनको उम्मेदवारी खारेज गरिदिएको थियो।

पार्टी परित्याग गरेर स्वतन्त्र रहन चाहेको उनले बताए।

‘मनोमानी ढंगले कार्यविभाजन गरियो। नेताहरूको कार्यशैली पनि चित्तबुझ्दो भएन,’ उनले सेतोपाटीसँग भने, ‘जिम्मेवारी दिँदा कसैलाई खातैखात भयो, कसैलाई केही भएन। यसबारे मैले पार्टीमा आवाज उठाउँदै आएको थिएँ। तर, सुनुवाइ नभएपछि बसिरहन उपयुक्त ठानिनँ।’ 

उनले आफूले सार्वजनिक रूपमा असन्तुष्टि पोखेपछि अहिले नेताहरूले सच्याउने प्रतिबद्धता जनाएको पनि बताए।

‘अहिले आएर बोध गरेर हुँदैन। मेरो मात्रै होइन अपानिले इमान्दार नेता कार्यकताको अपमान गरेको छ। हिनताबोध उत्पन्न हुने काम गरेको छ,’ उनले भने।

केन्द्रीय सदस्य सावित्री मल्लले पनि पार्टी परित्याग गरेको बताएकी छन्।

‘राजनीतिमा थकाइ भन्ने शब्द हुँदैन, तर आजका मितिदेखि नेकपा (एकिकृत समाजवादी) पार्टीको सक्रिय राजनीतिबाट विश्राम लिने निर्णय गरियो,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्।

उनलाई पार्टीले दैलेखको सहइन्चार्जको जिम्मेवारी दिएको छ। बरुनाथ योगी इन्चार्ज तोकिएका छन्। उनले इन्चार्जको भूमिका खोज्दै आएकी थिइन्। नपाएपछि असुन्तष्ट बनेकी हुन्।

युवा संघका महासचिव दीपक जिएमले त नेकपा (एकिकृत समाजवादी) पार्टी अमुक व्यक्तिलाई ‘ओली’ बनाउन निर्माण नगरिएको बताएका छन्। 

‘ओली हुन पाइनँ भनेर विद्रोह गरेको पनि होइन। ओली प्रवृति वा तानाशाह हुन नखोजियोस्,’ उनले भनेका छन्, ‘त्यस्ता तानाशाहहरूको अवसान निर्मम हुनेगरेको इतिहासमा पाइन्छ।’

एक नेताले दिएको जानकारीअनुसार भर्खरै पार्टी प्रवेश गरेकालाई पनि केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको भन्दै असन्तुष्टि बढेको छ। अनेरास्ववियूको वरिष्ठ उपाध्यक्षबाट अध्यक्ष सुदेश पराजुलीसँगै बिदा भएका ओसिम आलमलाई केन्द्रीय सदस्य बनाउनुपर्ने कुरा उठेको थियो। २१ जना मनोनीत हुँदा उनी परेनन्।

कार्यविभाजन र जिम्मेवारी हेरफेरबाट असन्तुष्टि जनाउँदै देशभरबाट फोन आइरहेको र सच्याउनुको विकल्प नरहेको झलनाथका स्वकीय सचिव भट्टराईले बताए।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने