२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

छाप्न बाँकी लाइसेन्सको सङ्ख्या ११ लाख

३० भाद्र २०८०, शनिबार ०३:४२

भदौ ३०, काठमाडौँ | यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइका लागि डेढ महिनाभित्र १२ लाख प्रति छपाइ कार्ड ल्याउँदै छ तर अनुमतिपत्रका लागि आवेदन गर्नेको छाप्न बाँकी कार्डको सङ्ख्या अहिल्यै करिब ११ लाख पुगिसकेको छ । कार्ड आउँदासम्म छाप्न बाँकी सङ्ख्या १२ लाख पुग्ने देखिन्छ । 

यस आधारमा ल्याएको कार्ड छाप्न बाँकी रहेको छाप्दा नै सकिन्छ । नयाँ आउनेको समस्या फेरि दोहोरिने सम्भावना छ । जर्मनीबाट ल्याउन लागिएको १२ लाख प्रति कार्ड पनि छ/छ लाख गरी दुई चरणमा ल्याइने र पहिलो पटक ल्याएको ८५ दिनमा सबै कार्ड आइसक्ने विभागमा प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिए तर डेढ महिनामा आउने भनिए पनि कुन दिन कार्ड आउँछ भन्ने कुरामा विभाग आफैँ अनभिज्ञ छ । 

प्रशासनिक व्यवस्थापनको कमजोरीका कारण वर्षौंदेखि लाइसेन्स छपाइको समस्या रहिरहेको यातायात व्यवसायी बताउँछन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले भने, “लाइसेन्सका विषयमा धेरै राजनीति भएको छ । यो ठुलो विषय पनि होइन, लाइसेन्सको काम प्रदेश सरकारले गर्ने, छाप्ने काम विभागले गर्ने हुँदा पनि समस्या भएको हो । यो प्रशासनिक जटिलताले गर्दा आएको समस्या हो ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य