२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

वैज्ञानिकले तोके पृथ्वीसँग उल्कापिण्ड ठोक्किन सक्ने सम्भावित मिति

२ आश्विन २०८०, मंगलवार ०८:०५

असोज २, काठमाडौँ | पृथ्वीलाई यदि कुनै चिजबाट सबैभन्दा धेरै खतरा छ भने त्यो हो उल्कापिण्ड । एउटा उल्कापिण्ड ठोक्किंदा पृथ्वीबाट डाइनोसरको पूरै प्रजाति नै समाप्त भएको थियो ।

अहिले एउटा अर्को उल्कापिण्ड पृथ्वीतिर आइरहेको वैज्ञानिकहरुले बताउँदै आएका छन् । उनीहरुले उक्त उल्कापिण्ड पृथ्वीसँग कहिले ठक्कर खान्छ भन्ने सम्भावित मितिसमेत तोकेका छन् ।

पृथ्वीतर्फ आइरहेको भयानक उल्कापिण्डको नाम बेनू हो । यो उल्कापिण्ड आगामी ६ वर्षमा पृथ्वीको नजिक आउनेछ ।


वैज्ञानिकहरुका अनुसार १५९ वर्षपछि अर्थात् सन् २१८१ सेप्टेम्बर २४ मा उल्कापिण्ड पृथ्वीसँग ठोक्किंन सक्ने सम्भावना छ । उल्कापिण्ड-पृथ्वीको टकराव ११ वटा परमाणु बम विस्फोटनले निम्त्याउने ध्वंस बराबरको क्षमता हुनेछ ।

डेलीस्टारका अनुसार प्रलयको यो मिति अहिलेका लागि निकै टाढा छ । तर पनि अमेरिकी अन्तरिक्ष संस्था नासाले यसबाट बँच्ने तयारी सुरु गरिसकेको छ ।

उल्कापिण्डको दिशा परिवर्तन गर्न सकिन्छ भन्ने प्रयासमा नासा लागेको छ । हालै नासाको एउटा यान बेनू उल्कापिण्डबाट माटो तथा चट्टानको नमूना लिएर पृथ्वीतर्फ आइरहेको छ । सो यान सेप्टेम्बर २४ मा पृथ्वीमा अवतरण गर्ने अपेक्षा गरिएको छ । यान अमेरिकाको उटास्थित ग्रेट साल्ट लेक मरुभूमिको कुनै स्थानमा अवतरण गर्नेछ ।

उल्कापिण्डबाट नमूना संकलन गरी फर्किएको नासाको क्याप्सुुल OSIRIS-REx  का परियोजना व्यवस्थापक रिस बन्र्सका अनुसार उक्त यान सोही कामका लागि सात वर्षअघि प्रक्षेपण गरिएको थियो । आफूहरु सो परियोजनाको अन्तिम चरणमा रहेको उनले बताएका छन् ।

बेनू उल्कापिण्ड पृथ्वीसँग ठक्कर खाएमा त्यसबाट हुने क्षति निकै भयानक हुने भएता पनि यस्तो ठक्कर खाने सम्भावना २७०० मा एक मात्रै रहेको उनको भनाइ छ ।

वैज्ञानिकहरुका अनुसार पृथ्वीबाट डाइनोसर युग समाप्त गरिदिने उल्कापिण्डको तुलनामा बेनु उल्कापिण्डको चौडाइ २० गुणा कम छ । तर पनि यदि पृथ्वीसँग त्यो ठक्कर खायो भने त्यसको विध्वंस कल्पनाभन्दा बाहिरको हुनेछ ।

जमिनमा मात्रै होइन यो उल्कापिण्ड समुद्रमा खस्यो भने पनि भयानक प्रलय हुनेछ । उक्त घटनामा विश्वका कैयौं जीववहरुको प्रजाति नै समाप्त हुनसक्छ । मानव इतिहासले हालसम्म नभोगेको भयानक प्रलय यसले उत्पन्न गर्नेछ ।

नासाका अनुसार पृथ्वीमा यो उल्कापिण्ड ठोक्किँदा १० किलोमिटर चौडा खाडल बन्नेछ । यो उल्कापिण्ड ठक्कर खाएको ठाउँको एक हजार किलोमिटर आसपासमा कुनै पनि चिज बँच्नेछैन र सबै ध्वस्त हुनेछ । यदि यो उल्कापिण्ड समुद्रमा खस्यो भने नतिजा झनै डरलाग्दो हुनसक्छ किनकि त्यसबाट भयंकर सुनामी उठेर आपपासका टापु तथा तटीय क्षेत्रहरुलाई ध्वस्त बनाउनेछ ।

सो उल्कापिण्डबाट नमूना लिएर आएको नासा यानमा रहेको OSIRIS-REx  क्याप्सुल एउटा सानो फ्रिज आकारको छ । यसभित्र २५० ग्राम माटो तथा चट्टानको नमूना छ । यो यानले सन् २०२० मै सो नमूना संकलन गरेको हो र त्यसपछि उसले पृथ्वीतर्फको यात्रा सुरु गरेको थियो । यो हाल ४५ हजार किलोमिटर प्रतिघण्टाको गतिमा पृथ्वीतर्फ आइरहेको छ । पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नेबेला यसले ज्वालामुखी विस्फोटको लाभाभन्दा दुईगुणा बढी तापक्रमको सामना गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा