२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

कञ्चनपुरमा बिरामीलाई टाँका लगाइरहेका अहेबको घाँटी न्याकियो

३ आश्विन २०८०, बुधबार ०९:२२

असोज ३, काठमाडौँ | कञ्‍चनपुरमा बिरामीको उपचार गरिरहेका एक जना स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको छ।

मंगलबार राति करिब साढे ११ बजे बेलौरी नगरपालिका-४ स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत ४३ वर्षीय अहेब नरेन्द्र गैरेमाथि दुर्व्यवहार भएको हो।

उनीमाथि बेलौरी-२ का रामबहादुर खड्काले दुर्व्यवहार गरेका हुन्। अहिले दुर्व्यवहारको भिडिओ सामाजिक सञ्जालमा चर्चामा छ।

भिडिओमा बिरामी बेडमा पल्टिरहेको देखिन्छ। यता रामबहादुरसहित केही युवाहरू आएर अहेब नरेन्द्र गैरेलाई धम्क्याएको देखिन्छ। केही समयपछि एक्कासि रामबहादुरले नरेन्द्रको घाँटी न्याँकेको भिडिओमा देखिन्छ। अहेब नरेन्द्र गैरे उक्त स्वास्थ्य केन्द्रमा ६ वर्षदेखि कार्यरत छन्।

उनका अनुसार घटना साढे ११ बजेदेखि १२ बजेबीच भएको थियो। उनका नाता पर्ने एक जना लडेर टाउकोमा चोट लागेको थियो।उपचारको लागि उनलाई केन्द्रमा पुर्‍याइएको थियो। एम्बुलेन्स देखेर रामबहादुरलगायत केही युवाहरू पनि स्वास्थ्य केन्द्रमा प्रवेश गरेका थिए।

‘राति म बिरामीको टाउकोमा टाँका लगाउन लागिरहेको थिएँ। घाइते मेरै चिनजानका मान्छे हुन्। उपचार गराइरहेको बेलामा एक्कासी उनीहरू अराजकतापूर्वक आए,’ गैरेले भने, ‘उनीहरू बर्थडे मनाएर आएका रहेछन्। यसपछि बजार डुलेर हिँडेका रहेछन्।’

उनका अनुसा रामबहादुर केन्द्रमा पुगेका कुनै बिरामीसँग सम्बन्धित थिएनन्। रामबहादुरले एक्कासी आएर अध्यक्ष र इन्चार्जलाई खोजेका थिए। त्यसैबीच उनी आएर गैरेसँग विवाद गर्न पुगेका थिए।

‘एक्कासी आएर अध्यक्षको नम्बर दे, इन्चार्जको नम्बर दे भन्न थाले। मैले हातमा ग्लभ्स लगाइरहेको थिएँ। हातमा खुन लागिरहेको थियो। टाँका लगाउन म घाउ सफा गरिरहेको थिएँ। एकछिन बाहिर बस्नुस् भन्दा मलाई नम्बर नदिने, को होस् तँ बाहिर जा भन्ने, भनेर सिँधै घाँटी समाएर पछाडि ठोक्काए,’ उनले भने।

एउटै गाउँका भएर चिनजान पनि भएको उनले बताए।

रामबहादुरले इन्चार्जमाथि पनि गालीगलौज गरेको उनको भनाइ छ। घटना हुँदा एक जना प्रहरी पनि घटनास्थलमा देखिएका छन्। घटना भएपछि प्रहरी हवल्दारले थप प्रहरीलाई बोलाएको पनि गैरेले बताए।

उनले दुर्व्यवहार गर्नेविरूद्ध जाहेरी दिने तयारी गरिरहेको बताएका छन्। आफूमाथि हातपात, दुर्व्यवहार भएको भन्दै जाहेरी दिन लागेको उनले बताए।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कमल थापाले आरोपित व्यक्ति बुधबार दिउँसो इलाका प्रहरी कार्यालय बेलौरीमा पुगेको बताए।

उपचारको क्रममा ढिला सुस्ती गरेको भनेर हातपात भएको भन्ने खबर आफूले पाएको उनले बताए।

‘उपचारको क्रममा ढिला सुस्ती गरेको हुँदा हामी आक्रोशित भएको भनेर भनेका छन्। जस्तो भए पनि त्यो कुरा न्यायोचित हुँदैन। त्यस विषयमा छलफल गर्न तयार छौं भनेर हातपात गर्ने व्यक्ति इप्रकामा पुगेका छन्। पीडित पक्ष मुद्दा चलाउनुपर्छ भन्नेमा छन्। जाहेरी आइसकेको छैन,’ एसपी थापाले भने, ‘त्यस विषयमा पहिलो चरणमा छलफल भयो भने भयो। नभए जाहेरी ल्याउनुभयो भने मुद्दा चलाउने प्रहरीको तयारी छ।’

दुई पक्षबीच छलफल भएपछि घटनाबारे विस्तृत थाहा हुने उनले बताए।

यसअघि गत साता मकवानपुरको हेंटौडामा रहेको सञ्चो अस्पतालमा बिरामीका आफन्तले डाक्टरमाथि कुटपिट गरेका थिए।  बिरामीको मृत्यु भएपछि आफन्तले ड्युटीमा रहेका डाक्टरलाई कुटपिट गरेका हुन्। उक्त घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ भने ५ जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ। पक्राउ पुर्जी जारी भएकाहरू अहिले फरार छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो