असोज १८, भक्तपुर । रक्षामन्त्री बालकृष्ण खाँडले देशको प्रतिरक्षा नीति निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ । 

रफत सञ्चार क्लबले आज भक्तपुरमा आयो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १८, भक्तपुर । रक्षामन्त्री बालकृष्ण खाँडले देशको प्रतिरक्षा नीति निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ । 

रफत सञ्चार क्लबले आज भक्तपुरमा आयो"/>

2026-09-18 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार देशको प्रतिरक्षा नीति निर्माण गर्दैछ: रक्षामन्त्री

असोज १८, भक्तपुर । रक्षामन्त्री बालकृष्ण खाँडले देशको प्रतिरक्षा नीति निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ । 

रफत सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले नेपाली भूमि कुनै पनि मुलुकको विरुद्ध प्रयोग गर्न नदिनका लागि यस्तो नीति आवश्यक भएको बताउनुभएको हो । 

देशको वर्तमान सुरक्षा नीति परिमार्जनको तयारी भइरहेको बताउँदै रक्षामन्त्री खाँडले देशको सुरक्षा अवस्थालाई मजबुद पार्न सुरक्षा नीति परिमार्जनको तयारी भइरहेको बताउनुभयो । 

उहाँले नेपाल सार्क मुलुकको अध्यक्षको नाताले द्वन्द्वको अन्त्य गर्दै शीघ्र सार्क सम्मेलन गर्न प्रयासरत रहेको उल्लेख गर्नुभयो । 

देश सङ्घीय स्वरुपमा गइसकेको अवस्थामा नेपाली सेनाले आफूलाई सङ्घीय ढाँचाअनुसार पुनःसंरचना गर्ने कार्यलाई तीव्रता दिइरहेको मन्त्री खाँडले बताउनुभयो । 

राजनीतिक प्रसङ्गमा उहाँले तोकिएकै समयमा तीनै तहको निर्वाचन गर्न प्रमुख दलबीच सहमतिका लागि संवाद भइरहेको र दसैँ–तिहारपछि छलफललाई मूर्तरुप दिँदै संविधान संशोधन विधेयक संसद्मा प्रस्तुत गर्ने तयारी भइरहेको बताउनुभयो । 

उहाँले संविधान संशोधनपश्चात् मधेसी दललाई सहमतिमा ल्याएर संविधानको कार्यान्वयनमा सहजता ल्याउने र तोकिएकै समयमा निर्वाचनको वातावरण तयार हुने समेत दाबी गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई