२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

काठमाडौं महानगरले गर्यो ९८ प्रकारका औषधी निःशुल्क वितरण गर्ने तयारी

२०८०, १९ आश्विन शुक्रबार ०३:३२

असोज १९, काठमाडौं | काठमाडौं महानगरपालिकाले महानगरवासीलाई ओपीडी सेवासहित ९८ प्रकारका औषधी निःशुल्क वितरण गर्ने भएको छ । कामपाको स्वर्णिम योजनाअन्तर्गत सबै वडामा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरी औषधी उपलब्ध गर्न लागेको हो । प्रवद्र्धन केन्द्रहरू वडा कार्यालयले सञ्चालन गर्नेछ ।

कामपाले पहिलो चरणमा ८ वटा वडाबाट शुरु गर्ने तयारी गरेको छ । ती केन्द्रको पूर्वाधार तयार भइसकेको छ । कामपा वडानम्बर १ को सत्यसाई केन्द्र नक्साल, ७ को मैजुवहाल, ८ को जयवागेश्वरी, ९ को गौशाला, १४ को गणेश मन्दिरसँगै कुलेश्वर, १९ को कंकेश्वरी, २६ को लैनचौरस्थित वडा कार्यालय र ३० को ज्ञानेश्वरबाट सेवा दिएको छ ।

ती केन्द्रको सेवा थप गरी सर्वसाधारणलाई समेत उपचार सेवा दिने भएको छ । ती केन्द्रलाई केही दिनपछि उद्घाटन गर्ने कार्यक्रम रहेको सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिए । कामपा जनस्वास्थ्य विभागका निर्देशक रामप्रसाद पौडेलले महानगरवासीलाई निःशुल्क सेवा दिन स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गर्न लागेको जानकारी दिए ।

केन्द्रहरू सञ्चालन भएपछि निजी अस्पतालमा बिरामीको चाप घट्ने अपेक्षा कामपाको छ । विभागीय निर्देशक पौडेलले कार्यालय आधुनिक स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गर्न लागिएको बताए ।

महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारीले अस्पतालसरह सुविधा दिने गरी सेवा केन्द्र स्थापना गर्न लागेको जानकारी दिए । उनले भने– ‘केन्द्रलाई चिकित्सकले बिरामी परीक्षण गरेपछि थप जटिल रोग भएमा रिफर गर्नेसम्मको अधिकार हुनेछ ।’ यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै