२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

इजरायलद्वारा केयरगिभर र कृषि क्षेत्रमा २३ सय नेपाली श्रमिकको माग

२१ आश्विन २०८०, आईतवार ०५:४८

असोज २१, काठमाडौँ | इजरायलले केयरगिभर र कृषि क्षेत्रमा गरि २३ सय जना नेपाली श्रमिकको माग गरेको छ । इजरायलले सरकारीस्तरमै श्रमिक लैजाने सम्झौता अनुसार नयाँ कामदारहरुको माग गरेको हो ।

यसअघि केयर गिभरका रूपमा एक हजार एक सय नेपाली श्रमिक इजरायल रोजगारमा गएका छन् । इजरायलले सरकारी सम्झौताअनुसारनै एक हजार तीन सय केयर गिभर र एक हजार कृषि श्रमिकका रूपमा लैजाने प्रस्ताव नेपालसमक्ष गरेको श्रम मन्त्रालयले जनाएको छ । 

इजरायलले माग गरेको दुई हजार तीन सय कामदारहरुको मागमध्ये केयरगिभरका एक हजार तीन सय श्रमिक तत्काल नै पठाउन प्रक्रिया सुरु गर्न लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । प्राप्त जानकारी अनुसार सरकारले तिहार लगत्तै यस्तो रोजगारको लागि आवश्यक प्रक्रिया सुरु गर्ने जानकारी प्राप्त भएको छ ।

पछिल्लो समय नेपालबाट इजरायल रोजगारमा ११ सय नेपाली केयरगिभर पदमा रोजगारमा गईसकेका छन् । उनिहरु अहिले इजरायलमै छन् । भर्ना प्रक्रिया अनलाइनबाटै प्रक्रियागत रुपमा संचालन हुन्छ । सर्वप्रथम आवेदनको सूचना जारी हुन्छ, त्यसपछि क्रमश छनौटको प्रक्रिया सुरु हुन्छ । आवेदन दिएकाहरुले अंग्रेजी भाषा परीक्षा र अन्तर्वार्ता पास गर्नुपर्ने हुन्छ । त्यसै अन्तिममा पास भएकाहरुलाई गोलाप्रथाबाट छनौट गरिन्छ । यस अघि ११७५ जना नेपाली कामदारको यस्तै प्रक्रियाबाट इजरायल रोजगारको लागि छनौट गरिएको थियो । तर यस पटक यस अघिको झन्झटिलो कुराहरुलाई ध्यानमा राखेर सहज प्रक्रिया अवलम्वन गर्ने मन्त्रालयले जनाएको छ । 

सामान्य लागतमा आकर्षक कमाइ हुने भएकाले इजरायलको रोजगारीमा युवाहरुको आकर्षण छ । इजरायल रोजगारीका लागि करिब एक लाख ६५ हजार लागत तोकिएको छ । साथै मासिक कम्तिमा दुई लाख कमाई हुन्छ । 

कृषि कामदारको रुपमा जान मापदण्ड तय नभएपनि यस अघिनै केयरगिभर पदमा जानेहरुको मापदण्ड तोकिएको थियो । जसमा श्रमिकले कम्तीमा १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्ने, र सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्याबाट केयर गिभरसम्बन्धी कम्तीमा तीन महिनाको तालिमसमेत लिएको हुनुपर्ने मापदण्ड छ । त्यस्तै अनमी वा सिएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको छ भने १० कक्षा उत्तीर्ण गरेको भए पनि हुन्छ । केयर गिभरमा अज्ञानको लागि उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, कम्तीमा १.५ मिटर उचाइ र ४५ किलोग्राम तौल भएको हुनुपर्ने मापदण्ड छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य