२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

न्युरोडलाई सवारी साधनमुक्त क्षेत्र बनाउने तयारी

२३ आश्विन २०८०, मंगलवार ०३:३९

असोज २३, काठमाडौं | काठमाडौं महानगरपालिकाले चाडवाडलाई लक्षित गर्दै धरहराको भूमिगत तलासहित तीन तलामा निःशुल्क पार्किङ शुरू गरेको छ । काठमाडौं महानगरपालिका–२२ को व्यवस्थापनमा दशैं तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै धरहरामा सोमबारदेखि पार्किङ शुरू गरिएको हो ।

सोमबार कामपा प्रहरीसहितको टोलीसँगै पार्किङको अवस्थाबारे जानकारी लिन धरहरा पुगेका २२ नं. वडाका वडा अध्यक्ष चिनीकाजी महर्जनले कामपा प्रहरी, स्थानीय र निजी सुरक्षागार्डको सहयोगमा पार्किङ खुला गरेको जानकारी दिए । 

उनले भने–‘अहिले करिब डेढ महिनाको लागि निःशुल्क पार्किङ खुला गरेका छौं । त्यसपछि व्यवस्थापन गर्नसके सधैंको लागि पार्किङ खुला गराउनेछौँ ।’ 

पार्किङ गर्न मिल्ने भएपछि सफाइ गरी सुरक्षाकर्मी परिचालन गरेर निःशुल्क पार्किङको व्यवस्था मिलाइएको जानकारी दिँदै उनले भने– ‘आजबाट परीक्षणको रूपमा शुरू गरेका छौं । छठपछि थप व्यवस्थित गराउनेछौं ।’ 

कामपा प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले करिब ३ सयको हाराहारीमा दुईपाङ्ग्रे र करिब १ सय ५० जति चारपाङ्ग्रे सवारी साधन पार्किङ गर्न मिल्नेगरी व्यवस्थापन गरिएको जानकारी दिए ।

यसैबीच कामपाले न्युरोड क्षेत्रको फुटपाथ क्षेत्र बढाएर सडकमा पार्किङ निषेध गर्ने तयारी गरेको छ । न्युरोड वरपर रहेका खाली क्षेत्र, सपिङ मलको भूमिगत तला खाली गराई ती क्षेत्रमा पार्किङ व्यवस्थापन गरी न्युरोड क्षेत्रलाई सवारीसाधनमुक्त बनाउने कामपाको तयारी रहेको छ ।

त्यसको लागि महानगर प्रहरीले धरहरा, काठमाडौं मललगायतका क्षेत्र अवलोकन गरेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा