असोज १९, काठमाडौँ । न्यूनचापीय क्षेत्रको प्रभावका कारण मौसम बदली भई विभिन्न स्थानमा वर्षा भएको छ । 

मङ्गलबार रातिदेखि विकसित भएको न्यूनचापीय प्रणाली"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १९, काठमाडौँ । न्यूनचापीय क्षेत्रको प्रभावका कारण मौसम बदली भई विभिन्न स्थानमा वर्षा भएको छ । 

मङ्गलबार रातिदेखि विकसित भएको न्यूनचापीय प्रणाली"/>

2026-07-06 12:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यूनचापीय प्रभावले बदलीसँगै वर्षा

2016-10-05

असोज १९, काठमाडौँ । न्यूनचापीय क्षेत्रको प्रभावका कारण मौसम बदली भई विभिन्न स्थानमा वर्षा भएको छ । 

मङ्गलबार रातिदेखि विकसित भएको न्यूनचापीय प्रणालीको प्रभावले देशमा मध्य र पूर्वी भेगमा बढी असर देखिएको मौसमविद् समीर श्रेष्ठले राससलाई जानकारी दिए । 

“न्यूनचापीय प्रणाली अहिलेमध्ये भेगमा केन्द्रित छ, हिजो पूर्वका धेरै स्थानमा पानी परेको थियो, आज दिउँसो मध्यभेगमा पानी पर्ने सम्भावना छ, तुलनात्मक रुपमा पश्चिममा कम असर देखिएको छ,”–उनले भने । 

मनसुन हटिनसकेको र यसको प्रभावले पनि वर्षात भएको मौसमविद् श्रेष्ठको भनाइ छ । उहाँका अनुसार स्थानीय वायुको प्रभाव र जलवास्पयुक्त हावा पर्याप्त रहेकाले यो प्रणाली केही दिन जारी रहनेछ । 

मनसुन सकिने अन्तिम समय भए पनि यो वर्ष ढिलो गरी मनसुन सुरु भएकाले वर्षा लम्बिएको बताइन्छ । सामान्यतः नेपालमा जुन १० बाट मनसुन सुरु भई सेप्टेम्बर २३ मा हट्छ, तर यो वर्ष केही ढिला गरी मनसुन सुरु भएको थियो । 

आज काठमाडौँ उपत्यकासहित मध्यभेगका अधिकांश स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँमा २, ओखलढुङ्गामा ३ र ताप्लेजुङ्मा ४५ मिलिमिटर वर्षात भएको छ । 

महाशाखाका अनुसार आज मध्यभेगमा पानी पर्ने ६० प्रतिशत सम्भावना छ, भने अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा