2026-08-31 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई नेपाली महिलालाई ‘अन्तर्राष्ट्रिय पुरस्कार’

असोज १८, चितवन । ग्रामीण जीवनमा महिला सिर्जनशीलतामा नमुना काम गर्ने नेपालका दुई महिलाले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने भएको छ ।

चितवनको भरतपुरमा घरबाट निस्कने फोहरलाई व्यवस्थापन गरी घरको छत मै तरकारी फलाउन सफल भएकी तुलसी ज्ञवाली र कमैयाको मुक्ति अभियानमा लागेकी पश्चिम नेपालकी निर्मलादेवी थारु ‘चौधरी’ ले सो पुरस्कार प्राप्त गर्ने भएकी छिन् ।

जनही एक हजार डलर अर्थात् झन्डै एक लाख छ हजार राशिको उक्त पुरस्कार अन्तर्राष्ट्रिय महिला दिवसका अबसरमा यही अक्टोबर १५ अर्थात असोज २९ गते काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच उनलाई प्रदान गरिने प्राकृतिक विज्ञान सङ्ग्रहालयस्थित स्थानीय अन्वेषण प्रवद्र्धन नेपालका राष्ट्रिय संयोजक प्राध्यापक डा धर्मराज डङ्गोलले जानकारी दिए ।

नेपाल र भारतका दुई दुई जना तथा युगान्डा, केन्या, क्यामरुन, अमेरिका र क्यानडाका एक एक जना गरी नौ महिलालाई उक्त पुरस्कार प्रदान गरिने स्विटजरल्यान्डका ओमन्स वल्र्ड समिट फाउन्डेसनले जनाएको छ ।

आफूले नोमिनेसन गराएर पठाएका महिलाले पुरस्कार पाउँदा निक्कै खुसी लागेको डङ्गोलले प्रतिक्रिया दिइन् । उनका अनुसार नयाँ सिर्जनशीलतामा लागेर गाउँघरमा अन्वेषणको प्रयोग गरी समाज परिवर्तनमा लागेका महिलालाई यो पुरस्कार दिइन्छ ।

सन् १९९४ मा स्थापना भएको उक्त पुरस्कारवाट हालसम्म विश्वका १३० देशका ४२२ जना महिला सम्मानित भइसकेका छन् ।

‘असोज १५ गते राति पुरस्कारका लागि आफू छनोट भएको मेल आयो, थाहा पाउँदा खुसीको सीमा नै रहेन, भरतपुर स्याउलीबजारकी तुलसा ज्ञवालीले हर्षित हुँदै भने, यो सम्मानले समाजमा केही गरेको छु भन्ने महसुस भएको छ ।’ घरमा निस्कने फोहरलाई उनी अहिले घरमै प्रयोग गरेर कौसीमा तरकारी फलाउँदै आएकी छिन् ।

तुलसाका श्रीमान् कपिल ज्ञवाली भन्छन्, ‘सम्मान आफैँमा गहु्रँगो चिज हो, यसले काम गर्नमा थप प्रेरणा, कर्तव्य र जिम्मेवारी महसुस गराएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने