2026-09-19 12:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

‘हिँडें कुवेत, पुगें नर्क’

असोज ३०, काठमाडौँ | धन कमाउने आशाले विदेश जाँदै गरेकी दाङकी एक महिला ३५ दिनपछि जिन्दगीभरि भुल्न नसकिने शारीरिक र मानसिक चोट बोकेर स्वदेश फर्किएकी छन्। धन कमाउनु त परको कुरा, तन र मनमा चौटैचोट लागेपछि २७ वर्षीया ती महिलाको अवस्था चिन्ताजनक बनेको छ। विदेशमा भोग्नुपरेको यातनाका कारण उनी हातै नचल्ने अवस्थामा छिन् ।

पारिवारिक जिम्मेवारी निभाउनुपर्ने भएपछि उनी बिदेसिएकी थिइन्। कुवेत हिँडे पनि एजेन्टको जालझेललेउनी ओमान पुगिन्। कक्षा ८ सम्म पढेकी उनी एक छोराकी आमा हुन्। पतिको साथ नपाएपछि कमाइका लागि बिदेसिनुपर्ने बाध्यता उनीमाथि आइलाग्यो। काठमाडौंमा भेटिएका तर पहिला चिनजान नभएका एजेन्टले उनलाई भिजिट भिसामा ओमान पु¥याएका थिए। ओमान पुगेपछि नरकीय जीवन सुरु भएको उनले बताइन्।  

‘बेचिएको भन्ने जानकारी एक श्रीलंकाली एजेन्टले दिएपछि होसहवास उड्यो,’ उनले भनिन्, ‘म लगिएको ठाउँमा २५/३० नेपाली महिला थिए। एउटै कोठामा कोचिएका उनीहरू पनि बेचिएका रहेछन्। सबैको मोबाइल खोसिएको थाहा पाएँ।’ दाङकी ती महिलाले सुरुमा १८ दिन श्रीलंकालीद्वारा बन्धक हुँदाको समय १८ वर्षजत्तिकै लामो लागेको बताइन्। त्यहाँबाट फुत्किन धेरै प्रयास गरेको उनले सुनाइन्।

‘झ्यालका ससाना प्वालबाट कागजका टुक्रामा बचाइदिनू भन्ने सन्देश लेखेर फ्याँक्ने गरेका थियौं तर नेपालीमा लेखिएका त्यस्ता कागजका टुक्रा कता जान्थे जान्थे,’ नारकीय दिनहरू सम्झँदै ती महिलाले भनिन्। उनीहरूलाई राखिएको कोठामा महिलाहरू आउनेजाने क्रम चलिरहेको उनले बनाइन्। आफूहरूलाई स्वदेश फर्काइदिनू भन्दै श्रीलंकाली एजेन्टसँग लाख बिन्ती गर्दा पनि तिनीबाट नेपाली एजेन्टले बेचेर गएको जवाफ मिल्ने गरेको उनले बताइन्। ‘२ लाख ५० हजार रूपैयामा नेपाली एजेन्टसँग हामीले तिमीलाई किनेका हौं,’ श्रीलंकाली एजेन्टको भनाइ उद्धृत गर्दै उनले भनिन्, ‘कहाँ नेपाल जाने कुरा गर्छौ? चुप लागेर बस।’

जिद्दी गर्दा श्रीलंकालीका कुटाइसमेत खाएको उनले बताइन्। बन्धकमा परेको १९औं दिनमा एक ओमानीले आफूलाई एक घरमा काम गर्ने प्रस्ताव राखेको थाहा पाएपछि उक्त अन्धकार कोठाबाट मुक्त हुने आशाले निकै खुसी लागेको उनले सुनाइन्। त्यसकारण ओमानी घरमा काम गर्न जान उनी राजी भइन्। तर उनको जीवन झनै नरकीय बन्न पुग्यो। ओमानी घरमा उनले दिनरात काम त गर्नुपर्थ्यो नै, पटकपटक कुटाइ पनि खानुपथ्र्यो।

‘बिहानदेखि आधा रातसम्म काम गर्नुपथ्र्यो। त्यसमाथि गालीसँगै कुटाइ कति धेरै खानु पर्थ्यो,’ उनले भनिन्, ‘न आराम मिल्थ्यो न समयमा खाना। पानी पनि शौचालयको खानू भन्थे, कतिपटक त्यसै गरियो।’ आँखाभरि आँसु पार्दै उनले थपिन्, ‘हप्ता दिनको बासी खान दिन्थे, त्यो पनि स्याउँस्याउँ किरा परेको। त्यो खाना खान नसक्दा फ्याक्थें। डस्टबिन खाना फ्याँकेको देखे गोरू चुटेझैँ चुट्थे।’ आफूलाई मर्न मन लागे पनि छोरा सम्झेर त्यसो गर्न नसकिएको उनले बताइन्।

एक दिन काम गर्दागर्दै थाकेकाले फ्रिजमा राखेको पानी एक घुट्को खाँदा बोतल खोसेर पानी टाउकोबाट खन्याई जगल्ट्याउँदै भ¥याङबाट गुडुल्क्याइदिएको दिन आफूलाई नबाँचिएला भन्ने लागेको उनले बताइन्। ‘कुट्ने महिला नै थिइन्। कुट्दाकुट्दा म मर्न लागिसकेकी थिएँ तर तिनी थाकिनन्,’ दाङकी ती महिलाले भनिन्। त्यही रात जिउभरि नीलडाम बोकेर र भाँचिएको हात लिएर सबै सुतेको मौका पारी त्यस घरबाट उनी भाग्न सफल भइन्।

भाग्दै गर्दा भारतीय पुरुषसँग भेट भएपछि सबै बेलिविस्तार लगाएर ओमानस्थित नेपाली दूतावासमा पु र्‍याइदिन आग्रह गरेको उनले बताइन्। त्यो रात समुद्रको किनारामा बिताएको र भोलिपल्ट ती भारतीय पुरुषले दूतावासमा पु¥याइदिएको उनले सुनाइन्। ‘दूतावासमा नेपालको झन्डा देख्दा म भावुक भएकी थिएँ,’ उनले भनिन्। दूतावासको शरणमा पुगेको १६÷१७ दिनमा उनी स्वदेश फर्किएकी हुन्। उनीसँग राहदानी थिएन। माइती नेपालले ५८ हजार रूपैयाँ तिरेर एकतर्फी ट्राभल टिकट काटिदिएपछि उनी नेपाल आइपुगेकी हुन्। विदेशमा दुःख पाएपछि स्वदेशको मूल्य थाहा पाएको उनले बताइन्। अब विदेश जाने सोचबाट आफू बाहिर आइसकेको उनले बताइन्। ‘विदेशमा आफ्ना कोही हुँदैनन्। विदेशको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ,’ उनले भनिन्। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई