२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

विभिन्न ठाउँबाट चिनी बिक्री गरिँदै

२ कार्तिक २०८०, बिहीबार ०३:२७

कार्तिक २, काठमाडौँ | नेपाल खुद्रा व्यापार सङ्घले समन्वय गरेर बुधबारदेखि राजधानीका विभिन्न ठाउँमा चिनी बिक्री गरिएको छ । 

केही दिनयता उपत्यकासहित देशका विभिन्न ठाउँमा चिनीको हाहाकार भएपछि सङ्घले बुधबारदेखि प्रतिकेजी ११५ रुपियाँमा प्रतिउपभोक्ता दुई केजी चिनी बिक्री गरिएको हो ।

सङ्घका अनुसार वीरगन्जको एभरेस्ट चिनी उद्योगबाट बुधबार बिहान काठमाडौँ आइपुगेको तीन सय बोरा वा १५० क्विन्टल चिनी नक्साल, ज्ञानेश्वर, लाजिम्पाट, महाराजगन्ज चक्रपथ, बुढानीलकण्ठ, सोह्रखुट्टेदेखि बालाजु बाइपाससम्म, ज्याठाचोक, ठैँटी, क्षेत्रपाटी, स्वयम्भू, ताहाचल, भक्तपुर, पाटनलगायतका ठाउँमा पु-याएर प्रतिउपभोक्ता दुई केजीका दरले बिक्री गरिएको छ । 

सङ्घका अध्यक्ष नरेश खड्कीले बुधबार चिनी बिक्री गरिएका क्षेत्रमा अधिकांशले चिनी प्राप्त गरेको र केही छुटेको भए अर्को दिन पनि दिन सकिने व्यवस्था गरिने जानकारी दिए ।

तत्काल उपभोक्ताको समस्या टार्ने उद्देश्यले सरकारको समन्वयमा शून्य प्रतिशत नाफा लिएर सङ्घले नितान्त सेवाको भावले चिनी बिक्रीको व्यवस्था गरेको उनको भनाइ छ । अध्यक्ष खड्कीले भने, “अहिले उपभोक्तालाई चिनी बिक्री गर्दा हाम्रा व्यवसायी साथीलाई नाफा शून्य हो । प्लास्टिकमा दिँदा उल्टै नोक्सान भएको छ तर पनि सेवाका लागि साथीहरू बिहानैदेखि खटिनुभएको छ ।”

अहिले बजारमा चिनी अभाव भएर उपभोक्ताले दुःख पाएकाले उपभोक्तालाई स्वयम्सेवकका रूपमा सेवा दिने छुट्टै स्टल राखेर चिनी बिक्रीको व्यवस्था मिलाइएको पनि अध्यक्ष खड्कीले जानकारी दिए । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सङ्घको समन्वयमा उद्योगीबाट सिधै उपभोक्तासम्म चिनी बिक्री गर्ने व्यवस्था गरेको जनाइएको छ ।

उद्योगीले बहुराष्ट्रिय कम्पनी कोकाकोला र पेप्सी कम्पनीलाई बिक्री गरिसकेको उच्च गुणस्तरको एक हजार टन चिनी खरिद गरेर खुद्रा व्यापार सङ्घको समन्वयमा बुधबारबाट बिक्री गर्न थालिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलवालले जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य