असोज २०, इलाम । इलाममा रहेर पत्रकारिता गरिरहेका दुई क्रियाशिल पत्रकार टीका खतिवडा र कौशिला खिन्दुङ राई बुधबार सदरमुकाममा पुरस्कृत भएका छन् ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज २०, इलाम । इलाममा रहेर पत्रकारिता गरिरहेका दुई क्रियाशिल पत्रकार टीका खतिवडा र कौशिला खिन्दुङ राई बुधबार सदरमुकाममा पुरस्कृत भएका छन् ।&nb"/>

2026-09-10 02:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

नगर पत्रकारिता पुरस्कारबाट इलामका दुई पत्रका पुरस्कृत


असोज २०, इलाम । इलाममा रहेर पत्रकारिता गरिरहेका दुई क्रियाशिल पत्रकार टीका खतिवडा र कौशिला खिन्दुङ राई बुधबार सदरमुकाममा पुरस्कृत भएका छन् । 

इलाम नगरपालिकाले प्रत्येक वर्ष पत्रकार महासंघ इलाम शाखाको समन्वयमा प्रदान गर्दै आएको नगर पत्रकारिता पुरस्कारबाट इलामबाट प्रकाशित चियावारी दैनिकका कार्यकारी सम्पादक खतिवडा र इलाम एफएमका कार्यरत राईलाई पुरस्कृत गरेको हो । 

प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्रकुमार खाम्याङ, पत्रकार महासंघ इलामका अध्यक्ष रोहितचन्द्र भट्टराई लगायतले पुरस्कृत खतिवडा र राईलाई जनही सातहजार पाँच सय नगद सहित प्रमाणपत्र, अविर र खादा लगाएर पुरस्कृत गरेका हुन् ।

नगरको विकासमा सहयोग गरेवापत इलाम नगरपालिकाले प्रत्येक वर्ष जिल्लाका उत्कृष्ठ पत्रकारलाई प्रदान गर्दै आएको छ ।

इलाम नगरपालिकाका कार्यकारी अधिकृत खाम्याङको अध्यक्षता तथा प्रजिअ दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष भट्टराई, पुर्व अध्यक्ष सटेन्द्र जवेगु, जिल्ला विकास समिति इलामका अनुगमन अधिकृत छविलाल खतिवडा, प्रेस युनियनका जिल्ला अध्यक्ष तोयाानाथ भट्टराई, प्रेस चौतारीकी इलाम अध्यक्ष कोकिला ढकाल लगायतले पुरस्कृत पत्रकारलाई बधाई दिएका थिए ।

 कार्यक्रममा बिजया दशमीको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।      

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु