बुढानीलकण्ठको एक रिसोर्टमा आयोजित बैठक बीचमै छाडेर हिँडेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उक्त विषयमा सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिएका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बुढानीलकण्ठको एक रिसोर्टमा आयोजित बैठक बीचमै छाडेर हिँडेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उक्त विषयमा सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिएका"/>
११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

फोरमको बैठकबारे बालेनको स्पष्टिकरण: पैसा खाएर गरेको बैठक बहिस्कार गरेको हो, अपमान गरेको होइन

१६ कार्तिक २०८०, बिहीबार ०८:२९

कार्तिक १६, काठमाडौँ | मंगलबार बुढानीलकण्ठको एक रिसोर्टमा आयोजित बैठक बीचमै छाडेर हिँडेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उक्त विषयमा सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिएका छन्।

‘उपत्यका मेयर्स फोरम’को चलिरहेको मासिक बैठक बीचमै छाडेर हिँडेका उनले बुधबार राति स्पष्टिकरण दिएका हुन्।

जारी बैठकबाट हिँडेका मेयर बालेनलाई बैठकमा सहभागीहरूले रोकिन अनुरोध गरे पनि उनी कसैको नसुनी उक्त बैठकबाट बाहिरीको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल छ। उनको उक्त कदमलाई कतिले आलोचना गरेका छन् भने कतिले प्रशंसा समेत गरेका छन्।

धेरै ठाउँमा आलोचनात्मक टिप्पणी आइरहेका बेला बालेनले भने त्यस्तो टिप्पणी दिएका हुन्।

उनले लेखेका छन्,  ‘१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको हो, कसैको अपमान गरेको होइन’,  उनले भने,’ नेताज्यूहरूले त देश नै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन। तपाईंहरूले पूरै देश नै बेच्नुभो भने पनि काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ।’

काठमाडौं उपत्यकामा रहेका १८ महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका मेयर रहने गरी मेयर्स फोरम गठन गरिएको छ।

यसको अध्यक्षमा ललितपुरका मेयर चिरिबाबु महर्जन छन् भने सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा उपाध्यक्ष, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी महासचिव, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी सचिव, तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन कोषाध्यक्ष र मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ सहसचिव छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज