2026-07-08 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

बोल्न नदिएको भन्दै बालेनद्वारा मेयर फोरमको बैठक बहिस्कार

कार्तिक १५, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बोल्न नदिएको भन्दै उपत्यका मेयर फोरमको बैठक बहिस्कार गरेका छन्।  

मङ्गलवार ललितपुर महानगरपालिकामा बसेको फोरमको बैठकमा काठमाडौँ महानगरका मेयर बालेनले पटकपटक बोल्न दिनुस् भनेर आग्रह गर्दा पनि बोल्न नपाएपछि उनी बैठक छाडेर बाहिरिएका हुन्।  

फोरमको बैठकको अध्यक्षता ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले गरेका थिए। उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा नेप वेस्ट नामक संस्थाको प्रस्तुतिको क्रममै मेयर बालेनले बोल्न खोजेको तर, बैठकको प्रक्रिया पुर्याएर मात्रै बोल्न भनेपछि उनी बैठकबाट बाहिरिएको ललितपुरका मेयर चिरिबाबुले बताए।


उनले भने, ‘हरेक बैठकको प्रक्रिया हुन्छ। त्यो अनुसार उपस्थित हुनुपर्छ। तर, मेयर बालेनलाई सुरुमै बोल्न हतार थियो। मैले पटकपटक प्रस्तुति पछि तपाईं बोल्नुहोला भन्दा पनि उनी रिसाएर बैठकबाट निस्केर गए।’

यता, मेयर बालेनका स्वकीय सचिव भुपदेव साहले नेप वेस्ट नामक संस्थासँग फोहोर व्यवस्थापनको विषयमा यसअघिको बैठकमा भएको सहमति विपरित फेरि विषयले प्रवेश पाएपछि मेयरसाहबले असन्तुष्टि जनाएको बताएका छन्।

उनका अनुसार सन् २००९ मा नेप वेस्टसँग काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनसँग सम्बन्धी सम्झौता फिर्ता भएको यसअघिको बैठकमा निर्णय गरिएको थियो। तर, हिजोको बैठकमा पहिलो बुँदामै त्यो विषयले कसरी प्रवेश पायो भन्ने विषयमा सोध्नका लागि बारम्बार माइक माग्दा पनि नदिएपछि मेयर शाह बैठकबाट बाहिरिएका थिए। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली