११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

बोल्न नदिएको भन्दै बालेनद्वारा मेयर फोरमको बैठक बहिस्कार

१५ कार्तिक २०८०, बुधबार ०५:२६

कार्तिक १५, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बोल्न नदिएको भन्दै उपत्यका मेयर फोरमको बैठक बहिस्कार गरेका छन्।  

मङ्गलवार ललितपुर महानगरपालिकामा बसेको फोरमको बैठकमा काठमाडौँ महानगरका मेयर बालेनले पटकपटक बोल्न दिनुस् भनेर आग्रह गर्दा पनि बोल्न नपाएपछि उनी बैठक छाडेर बाहिरिएका हुन्।  

फोरमको बैठकको अध्यक्षता ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले गरेका थिए। उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा नेप वेस्ट नामक संस्थाको प्रस्तुतिको क्रममै मेयर बालेनले बोल्न खोजेको तर, बैठकको प्रक्रिया पुर्याएर मात्रै बोल्न भनेपछि उनी बैठकबाट बाहिरिएको ललितपुरका मेयर चिरिबाबुले बताए।


उनले भने, ‘हरेक बैठकको प्रक्रिया हुन्छ। त्यो अनुसार उपस्थित हुनुपर्छ। तर, मेयर बालेनलाई सुरुमै बोल्न हतार थियो। मैले पटकपटक प्रस्तुति पछि तपाईं बोल्नुहोला भन्दा पनि उनी रिसाएर बैठकबाट निस्केर गए।’

यता, मेयर बालेनका स्वकीय सचिव भुपदेव साहले नेप वेस्ट नामक संस्थासँग फोहोर व्यवस्थापनको विषयमा यसअघिको बैठकमा भएको सहमति विपरित फेरि विषयले प्रवेश पाएपछि मेयरसाहबले असन्तुष्टि जनाएको बताएका छन्।

उनका अनुसार सन् २००९ मा नेप वेस्टसँग काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनसँग सम्बन्धी सम्झौता फिर्ता भएको यसअघिको बैठकमा निर्णय गरिएको थियो। तर, हिजोको बैठकमा पहिलो बुँदामै त्यो विषयले कसरी प्रवेश पायो भन्ने विषयमा सोध्नका लागि बारम्बार माइक माग्दा पनि नदिएपछि मेयर शाह बैठकबाट बाहिरिएका थिए। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज