२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

नेपालमै पहिलो पटक ‘हाइड्रोजन कार’, कति पर्यो मूल्य ?

२०८०, २० कार्तिक सोमबार ०१:३३

कात्तिक २०, काठमाडौँ । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले नेपालमै पहिलो पटक 'हाइड्रोजन कार' भित्र्याएको छ । नेपाल आयल निगमको सहयोगमा केयुले कोरियामा उत्पादन भएको हुन्डाई कम्पनीको उक्त कार नेपाल भित्र्याएको हो । 


काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले नेपालको सडकमा कुदाउन सकिन्छ भन्ने नमुना देखाउन हाइड्रोजन कार भित्र्याएको बताए । उहाँले हाइड्रोजनलाई वैकल्पिक इन्धनका रूपमा स्थापित गर्न सरकारले आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बताए । विश्वविद्यालयका उपप्राध्यापक तथा विश्वविद्यालयको ग्रिन हाइड्रोजन ल्याबका प्रमुख डा. विराजसिं थापाले विश्वविद्यालयले शनिबार भित्र्याएको हाइड्रोजन कार नेपालको पहिलो हाइड्रोजन कार भएको दाबी गरे ।


“नेपालमा हाइड्रोजनलाई वैकल्पिक इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ भनेर देखाउन हाइड्रोजन ल्याव, हाइड्रोजनसम्बन्धी नीति, निर्माण कसरी गर्न सकिन्छ भनेर सुझाव दिन तथा नेपालको सडकमा हाइड्रोजनबाट गाडी कुदाउन सकिन्छ भनेर देखाउन दुई वर्षअघि नेपाल आयल निगमसँग सम्झौता भएको थियो । सोही सम्झौता अनुसार हामीले हाइड्रोजन कार भित्र्याएका हौँ,” डा. थापाले भने।

केयुले उक्त हाइड्रोजन कार ४३ लाख ८९ हजार रुपियाँमा खरिद गरेको हो । 

- आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी