१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

११ करोड १० लाख राजस्व रकम पाँचजना मालपोत कर्मचारीको खल्तीमा

२१ कार्तिक २०८०, मंगलवार ०२:५४

कार्तिक २१, काठमाडौं | मालपोत कार्यालय पर्सामा जग्गाको लिखत पास गरेको ११ करोड १० लाख ३९ हजार ९ सय ५० रुपियाँ राजस्व सरकारी खातामा दाखिला नगरी पाँच जना मालपोत अधिकृतहरुले आफै हिनामिना गरेको पाइएको छ ।

पाँचजना मालपोत अधिकृतहरुले एकै किसिमबाट रकम हिनामिना गरेको हो। आर्थिक वर्ष २०७१(०७२ मा मालपोत कार्यालय, पर्साको रजिष्ट्रेशन फाँट ‘ग’ का कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर रकम नियमानुसार दाखिला नगरी हिनामिना गरेको पाइएको हो।

अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले उक्त कार्यमा संलग्न तत्कालीन मालपोत अधिकृहरु क्रमशः हरिनारायण मिश्र, भूपबहादुर बोगटी, गोपालबहादुर ढु∙ाना, पदमप्र्रसाद अर्याल, चन्द्रबहादुर भण्डारीसहित कम्प्युटर अधिकृत कमोद तिवारी र नायब सुब्बा किरण प्रसाद उपाध्यायविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको छ ।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार मिश्रले २०७१/७२ मा मालपोत कार्यालय, पर्साको फाँट ‘ग’ को एकै रजिस्ट्रेसन नम्बरको एकभन्दा बढी लिखत पारित गरेको थियो। सोमध्ये बढी राजस्व रकम उठेको लिखतको विवरण रजिष्ट्रेशन लिखत दर्ता किताबमा प्रविष्टि गरी किताबमा प्रमाणित गर्नुपर्नेमा रजिस्ट्रेसन दर्ता किताब प्रमाणित नगरी आफनै खातामा जम्मा गरेको आयोगको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

मिश्रको हस्ताक्षरबाट पारित भएका लिखतबाट संकलन भएको दुई करोड ९ लाख ३१ हजार ६ सय ४७ रुपैयाँ राजस्व चुहावट भएको आयोगले जनाएको छ। उनी विरुद्ध बिगो कायम हुन गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा ९१० बमोजिम जरिवाना र सोही ऐनको दफा ७ बमोजिम राजस्व हिनामिना भएको रकमको दोब्बर जरिवानाको माग दाबी लिइएको आयोगका प्रवक्ता थपलियाले बताए। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार