२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

रोग होइन औषधि हो प्रेम, मधुमेह, मोटोपना र क्यान्सरको खतरा कम गर्छ: अनुसन्धान

२०८०, २२ कार्तिक बुधबार ०८:२४

एजेन्सी | माया प्रेमलाई कसै कसैले पनि रोग भन्छन् । तर हालै भएको एउटा अनुसन्धानले चाँहि माया प्रेममा रहँदा वा प्रेमीको साथमा समय बिताउँदा ठुला ठुला रोग पनि भाग्ने देखाएको छ । 

रोमान्टिक पार्टनरसँग समय बिताउँदा कयौँ गम्भीर रोगका खतरा कम हुन सक्छ । दुवैले एक अर्कासँग कुराकानी नगरेपनि यसको असर व्यक्तिमा देखिने पाइएको छ । 

निदाउने बेलामा पार्टनरसँगै हुँदा शरीरमा ग्रोथ हर्मोन एक्टिभ हुन्छ । पार्टनरको भौतिक उपस्थितिले स्वास्थ्यलाई बढवा दिन्छ । यो अनुसन्धान प्रतिवेदन ‘ब्रेन बिहेभियर र इम्युनिटी हेल्थ’ नामक जर्नलमा पनि प्रकाशित छ ।


के भन्छ अनुसन्धान ?

बुझ्ने भाषामा भन्नु पर्दा माया, प्रेम रोग नभएर कयौँ रोगको उपचार भएको यो अनुसन्धानले साबित गर्छ । रोमान्टिक पार्टनरको भौतिक उपस्थितिले हाम्रो शरीरमा हर्मोन नियन्त्रण गर्छ । यति बेला तन र मनलाई क्षति पुर्‍याउने वा रोग निम्त्याउने ल्याउने हर्मोन कम हुन्छ । 

शरीरको लागि राम्रो मानिएका हर्मोनहरुको उत्पादन बढ्छ ।

पुराना अनुसन्धानभन्दा फरक छ नयाँ अध्ययन

सामाजिक रुपमा सक्रिय मानिसहरूसँग धेरै साथीभाइ हुन्छन् । त्यसैले उनीहरू धेरै खुसी रहन्छन् । नतिजा उनीहरूको स्वास्थ्य राम्रो हुन्छ । ह्युमन साइकोलोजीबारे भएका कयौँ अनुसन्धानमा यस्तो खालको तथ्य बाहिरिएको छ । तर अमेरिकाको नर्थ क्यारोलाइना विश्वविद्यालयमा भएको पछिल्लो अनुसन्धान यसअघि भएका भन्दा बिल्कुल फरक छ । यसले मानिसहरूको व्यवहारको आधारमा नभएर उनीहरूको क्लिनिकल परीक्षणको आधारमा नतिजा देखाएको छ ।

रोमान्टिक पार्टनर आसपास हुँदा मानिस स्वस्थ रहन्छ । यसले शरीरमा के कस्तो परिवर्तन आउँछ भनेर अनुसन्धानले खोज्ने प्रयास गरेको छ । यो अनुसन्धानका लागि कुनै न कुनै रुपमा रोमान्टिक सम्बन्धमा रहेका सय जनालाई छानिएको थियो । तीन महिनासम्म सहभागीहरूले तिनका पार्टनरसँग समय बिताउँदा खेरिको पूरै जानकारी संकलन गरिएको थियो । साथै नियमित अन्तरालमा उनीहरूको  क्लिनिकल परीक्षण पनि गरिएको थियो ।

जुन व्यक्तिले आफ्नो पार्टनरसँग बढी समय बिताएका थिए, उनीहरूको शरीरमा सी–रियाक्टिभ प्रोटिनको मात्रा कम थियो । सी–रियाक्टिभ प्रोटिनले शरीरमा संक्रमणको स्तर बताउँछन् । यो प्रोटिन जति धेरै हुन्छ त्यति नै शरीरमा संक्रमण हुने वा गम्भीर रोगको खतरा बढ्छ ।

पार्टनरसँग समय बिताउँदा मधुमेह, मोटोपना र क्यान्सरको खतरा कम हुने

रोमान्टिक पार्टनरसँग बढी समय बिताउने व्यक्तिमा सी–रियाक्टिभ प्रोटिन कम हुने भएकोले उनीहरुमा मधुमेह, मोटोपना र क्यान्सरजस्ता रोगको खतरा पनि कम हुने अनुसन्धानले भनेको छ । कोही व्यक्ति पहिलादेखि नै यी रोगसँग जुधिरहेको छ भने रोग गम्भीर बन्ने आशंका पनि कम हुन सक्छ ।

पार्टनरको उपस्थितिले भावनात्मक, शारीरिक र मनोवैज्ञानिक लाभ

पार्टनर आसपास हुँदा रोगको खतरा त टाढिने भए नै मानसिक स्वास्थ्य पनि राम्रो रहन्छ । यसले व्यक्तिको सामाजिक जीवन पनि राम्रो बनाउन सक्छ । आफ्नो पार्टनरसँग धेरै समय बिताउने मानिसको दुनियाँसँगको सम्बन्ध (विद्यालय–कलेज, घर–परिवार), प्रोफेशनल सम्बन्ध (अफिस), आफैँसँगको सम्बन्ध (आन्तरिक मनोवैज्ञानिक सोच) पनि राम्रो हुन्छ । अर्थात् पार्टनरको उपस्थितिले भावनात्मक, शारीरिक र मनोवैज्ञानिक तीनै खलको फाइदा प्राप्त हुन्छ ।

प्रेमीको साथ हुँदा गलत बानी छुट्छन्

अध्ययनको बेलामा सहभागीहरुमा चुरोट, रक्सी र शारीरिक परिश्रम नगर्ने जस्ता केही नराम्रा बानीहरुमा पनि हेरिएको थियो । नतिजाअनुसार रोमान्टिक पार्टनर साथमा भएको बेलामा व्यक्तिहरु एक–अर्काको स्वास्थयबारे बढी जागरुक भएको पाइयो । सहभागीहरूले पार्टनरको उपस्थितिमा चुरोट, रक्सी र फाष्टफूडको सेवन कम गरे । एक्सरसाइज गर्ने सम्भावना पनि बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु