प्रहरी सहायक निरीक्षक (असई), सहायक हवल्दार र जवान समेतको मिलेमतोमा डाँकाचोरी घटनामा संलग्न पाँचै जना जेल चलान भएका छन्। डाँकाचोरी घटनामा पक्राउ परेका प्रहरी वृत्त महाराञगञ्जमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रहरी सहायक निरीक्षक (असई), सहायक हवल्दार र जवान समेतको मिलेमतोमा डाँकाचोरी घटनामा संलग्न पाँचै जना जेल चलान भएका छन्। डाँकाचोरी घटनामा पक्राउ परेका प्रहरी वृत्त महाराञगञ्जमा "/>
२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रहरीकै मिलेमतोमा लुटपाट घटना: सबैजना जेल चलान

२०८०, २३ कार्तिक बिहीबार ११:५७

कार्तिक २३, काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई), सहायक हवल्दार र जवान समेतको मिलेमतोमा डाँकाचोरी घटनामा संलग्न पाँचै जना जेल चलान भएका छन्। डाँकाचोरी घटनामा पक्राउ परेका प्रहरी वृत्त महाराञगञ्जमा कार्यरत असई ४३ वर्षीय सुनबहादुर तामाङ, ३३ वर्षीय सहायक हवल्दार खगराज अधिकारी, २२ वर्षीय जवान भुवन बरालसहित सुनसरीको तरहरा घर भइ काठमाडौं बस्दै आएका २८ वर्षीय मदन पुरी र सोही ठाउँका २५ वर्षीय सन्तोष पुरी जेल चलान भएका हुन्। 


उनीहरुलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले बुधबार पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो। 

अहिले कारागार चलान भएका ५ जनाविरुद्ध कुमार रोकाले प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीकर्ता रोका असोज २१ गते राति ठमेलबाट बालुवाटार जान लागेका थिए। सोही बेला ३ जना महिलाले लिफ्ट मागेकाले आफूले उनीहरुलाई लिफ्ट दिएको रोकाको जाहेरीमा उल्लेख छ।

रोका र उनका साथी नवराज नगरकोटी छुट्टा–छुट्टै कार चलाएर ठमेलबाट बालुवाटारतर्फ गइरहेका थिए। रोकाका अर्का साथी पनि सँगै, कारको अगाडिको सिटमा सवार थिए। 

ठमेलबाट पानीपोखरी पुग्दा, रातिको करिब साढे ११ बजेको थियो। त्यतिबेला हाल प्रतिवादी बनाइएका सन्तोष पुरीले दुबै कारलाई रोकेको थिए। त्यसपछि पुरीले ‘यी केटीहरुलाई कहाँ बेच्न हिँडेको?’ भन्दै प्रश्न गरेका थिए। त्यसपछि उनीहरु सबैलाई कारबाट उतारेर ड्युटीमा रहेका असई सुनबहादुरले प्रहरी भ्यानमा राखेर त्रिवि शिक्षण अस्पताल हुँदै निर्मल निवासको गल्लीतर्फ लगेको रोकाको भनाइ छ।

निर्मल निवासको गल्लीमा पुर्‍याएफछि कुटपिट गर्दै आफ्नो साथमा भएको साढे १७ हजार रुपैयाँ लुटपाट गर्नुका साथै असई तामाङसहितको टोलीले डेढ लाख रकम माग गरेको रोकाले जाहेरीमा उल्लेख गरेका छन्। 

त्यसपछि ई–सेवामार्फत् थप २५ हजार रुपैयाँ ट्रान्सफर गर्न लगाएर साढे ४७ हजार रुपैयाँ असई तामाङसहितको टोलीले डाँकाचोरी गरेको रोकाले जाहेरीमा उल्लेख थियो। 

आफू लुटिएपछि तत्कालै रोकाले प्रहरी कन्ट्रोल १०० मा फोन गरी घटनाबारे जानकारी गराएका थिए। असोज २३ गते जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरेको थियो। 

अनुसन्धानका क्रममा समेत डाँकाचोरी गरेको देखिएपछि उनीहरुलाई मुद्दा चलाइएको थियो । अन्ततः उनीहरु कारागार चलान भएका हुन्।

अनुसन्धानको क्रममा कुमार नगरकोटीले केटीहरुसँग सम्पर्क गरी ग्राहकसम्म पुर्‍याउने काम गर्ने गरेका थिए। यस्तै, पुरी द्वयले पनि नगरकोटीलाई केटी ल्याउन भनेर काम लगाएको, लुटपाटको योजना बनाएर प्रहरीको सहयोगमा लुटपाग गरेको खुलेको थियो । 

पुरीकै योजनामा नगरकोटी र रोकाले कारमा केटी राखेर ल्याएपछि कहाँ बेच्न हिँडेको भन्दै प्रहरी भ्यानमा राखेर डरधम्की दिँदै लुटपाट गरिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल