२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रहरीकै मिलेमतोमा लुटपाट, तीन प्रहरीसहित पाँचविरुद्ध डकैती मुद्दा दायर

२०८०, २१ कार्तिक मंगलवार ०६:३६

कार्तिक २१, काठमाडौँ | प्रहरीकै मिलेमतोमा काठमाडौंमा लुटपाट भएको छ। लुटपाटमा संलग्न तीन प्रहरीसहित पाँचजनालाई पक्राउ गरी डाँका चोरी मुद्दा दायर भएको छ। लुटपाटमा प्रहरी सहायक निरीक्षक सुनबहादुर तामाङ, प्रहरी सहायक हवल्दार खगराज अधिकारी र प्रहरी जवान भुवन बराल पक्राउ परेका हुन्। उनीहरू प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी हुन्। उनीहरूले एक महिनाअघि मदन पुरी र सन्तोष पुरीसँग मिलेर लुटपाट गरेका हुन्। पाँचैजनाविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। 


उनीहरूले २१ असोजमा बर्दीको आडमा लुटपाट गरेका हुन्। निजी गाडीमा ठमेलबाट बालुवाटार जानेक्रममा कुमार रोका र नवराज नगरकोटीलाई रोकेर लुटपाट गरेका हुन्। उनीहरू राति साढे ११ बजे छुट्टाछुट्टै गाडीमा बालुवाटार जान लागेका थिए। रोकाको गाडीमा तीनजना युवती थिए। युवतीहरू ‘सप्लाई’ गरी वेश्यावृत्ति धन्दामा लगाएकाले फसाइदिने भन्दै धम्क्याएर प्रहरीसमेतले लुटपाट गरेको पीडितहरूको भनाइ छ। 

पूर्वयोजनाअनुसार पानीपोखरी सडकमा उनीहरूले गाडी रोकेर अपरिचित युवतीलाई कहाँ बेच्न लैजान लागेको भन्दै धम्क्याएका थिए। युवतीलाई नियन्त्रणमा लिई प्रहरीको सिआरभी भ्यानमा राखे। दुवैजनालाई उनीहरूले निर्मलनिवासको गल्लीतर्फ लगेका थिए। जहाँ १७ हजार पाँच सय नगद लुटेका थिए। थप डेढ लाख रुपैयाँ मागेकोमा उनीहरूसँग थिएन। त्यसपछि जबर्जस्ती इसेवामा पैसा हाल्न लगाएका थिए। रोकाको मोबाइलबाट सन्तोष पुरीको नम्बरमा पाँच सय ट्रान्सफर गरेका थिए। 

त्यस्तै, नवराज नगरकोटीको आइडीबाट २५ हजार ट्रान्सफर गराएका थिए। पैसा लिएपछि उनीहरूले पाँचैजनालाई छाडिदिएका थिए। यसरी धम्क्याएर उनीहरूले ४७ हजार पाँच सय रुपैयाँ लिएका थिए। सोही रकमलाई बिगो बनाई मुद्दा दायर भएको छ। पछि पीडितले उजुरी दिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरेको थियो। घटनालगत्तै उनीहरूले प्रहरी हटलाइनमा जानकारी गराएका थिए। अनुसन्धानका क्रममा घटनामा प्रहरीकै संलग्नता देखिएपछि उनीहरूलाई समेत पक्राउ गरी मुद्दा अदालतमा पुर्‍याइएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए।

घटनाका योजनाकार मदन पुरी हुन्। उनले नाता पर्ने सन्तोष पुरी र प्रहरीको सहयोगमा उनीहरूलाई धम्क्याएर पैसा उठाउने योजना बनाएका थिए। धम्क्याएर पैसा असुल्ने योजनासाथ उनले नवराज नगरकोटीलाई फोन गरी तीन युवती लिएर आउन भनेका थिए। सोहीअनुसार उनी युवती लिएर गएका थिए। 

सो क्षेत्रमा असइ सुनबहादुर तामाङको नेतृत्वमा प्रहरीको सिआरभी खटिएको थियो। अन्य दुई प्रहरी पनि असइ तामाङको नेतृत्वमा खटिएका थिए। सोही सिआरभीका प्रहरीसँग मिलेर उनीहरूले त्यसरी लुटेका हुन्। बयानका क्रममा मदन र सन्तोष पुरीले सो कुरा स्वीकार गरेका छन्। तीन प्रहरीले भने आफूहरूले पैसा लिएको अस्वीकार गरेका छन्। पक्राउ गरेको र पछि उनीहरूको आग्रहमा छाडिएको बयान दिएका छन्। लुटपाटमा हवल्दार र जवानको प्रत्यक्ष संलग्नता देखिएको र असइको भने अप्रत्यक्ष मिलेमतो रहेको अभियोग लगाइएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना