१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

गुफामा बास बसेर चीनको ताक्लाकोटमा मजदुरी गर्दै नेपाली श्रमिक

२७ कार्तिक २०८०, सोमबार ०६:२४

कार्तिक २७, हुम्ला | चीनको ताक्लाकोटमा नेपाली मजदुरहरू गुफामा बास बसेर महलको काम गर्दै आएका छन्। हिउँदको चिसो मौसममा उनीहरू गुफामा रात कटाउँछन्। दिनभर ताक्लाकोटमा श्रम गर्छन्। महँगो कोठाभाडा तिरेर बस्न समस्या भएपछि उनीहरू गुफाभित्र बास बसेर मजदुरी गर्दै आएका हुन्।


बजारमा कोठाभाडा महँगो भएकाले गुफामा बास बसेर मजदुरी गर्न बाध्य भएको सर्केगाड गाउँपालिका–५ का बलराम बुढाथोकीले जानकारी दिए। बुढाथोकीले दुःखेसो पोख्दै भने, 'काम पाइएमा एक दिनमा दुई सय चिनियाँ युआन कमाइ हुन्छ। दिनभर दु:ख गरेको पैसा रासन र कोठाभाडामै खर्च हुने भएकाले गुफामै बसेर रात कटाउँछौँ।' 

गुफाभित्र बस्दा निकै चिसो हुने गरेको अर्का मजदुर रूपबहादुर बुढाथोकीको दुःखेसो छ। उनले भने, 'बजारमा कोठाभाडा लिएर बस्दा महिनाको ८ हजार जति तिर्नुपर्छ। त्यही भएर गुफाभित्र बास बसेर ताक्लाकोटमा चिनियाँहरूको घरनिर्माणको काम गरिरहेका छौँ।' 

सीप सिकेका श्रमिकले सजिलै काम पाउँछन् सीप नभएकालाई काम पाउन समस्या हुने गरेको बुढाथोकीको भनाइ छ। झन्डै दुईदेखि तीन सय जति नेपाली मजदुर चीनको ताक्लाकोटमा मजदुरी गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार