2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

‘गैरकानुनी एपबाट टिकटक चलाए कारबाही’

मङ्सिर १, काठमाडौँ | सामाजिक सद्भावमा नराम्रो असर पु¥याइरहेको भन्दै नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ। नेपाल सरकार मन्त्रिपरिषद्को कात्तिक २७ गतेको बैठकबाट ‘सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटक प्रयोगमा तत्काल रोक लगाउने’ निर्णय भएको थियो। टिकटकको माध्यमबाट देशभर सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको सरकारको ठम्याइ थियो। 

तर, सरकारले निर्णय गरेको ४ दिन भइसक्दा पनि नेपालमा टिकटक बन्द हुन सकेको छैन। टिकटक चलाउँदै आएका यसका प्रयोगकर्ताले भीपीएनको माध्यमबाट सजिलै टिकटक चलाइरहेका छन्। केही इन्टरनेट सेवा प्रदायक कम्पनीले पनि सरकारको कदमलार्ई साथ दिएका छन्। केही इन्टरनेटमा टिकटक पूर्णतया बन्द भइसकेको छ। 

पछिल्लो समय निकै चर्चामा रहेको टिकटकमाथि सरकारले प्रतिबन्ध लगाएपछि सरोकारवाला संस्थाले विरोधसमेत गरेका थिए। तर, विभिन्न राजनैतिक तथा सामाजिक व्यक्तित्वहरूले टिकटक बन्द गराउनु सरकारको राम्रो काम भएको बताएका छन्। 

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता सन्तोष पौडेलका अनुसार प्राधिकरणले टिकटक बन्द गराउनका लागि पहल सुरु गरिसकेको छ। उनी भन्छन्, ‘सरकारको निर्णय कार्यान्वयनका लागि दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सवै इन्टरनेट सेवा प्रदायकहरू र मोबाइल सेवा प्रदायकहरूलार्ई प्राधिकरणबाट निर्देशन दिइएको छ।’ 

केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको सूचना आएकाले तत्कालै बन्द गर्नुपर्ने उनले बताए। प्राधिकरणको निर्देशन कार्यान्वयन नगर्ने इन्टरनेट सेवा प्रदायकमाथि दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुने उनले बताए। 

नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायत भन्छन्, ‘गैरकानुनी एपहरू डाउनलोड गरी टिकटक चलाउँदा, व्यक्तिगत विवरणसमेत सुरक्षित हुँदैन। पछिल्लो समय टिकटकमा नराम्रा विषयवस्तु धेरै देखिन थालेपछि अपराधसमेत मौलाएको छ।’ 

भीपीएन जस्ता अनेक एपले व्यक्तिको मोबाइलमा रहेका सबै डाटामा एक्सेस लिनसक्ने र बैंकिङ एपको सुरक्षामासमेत असर पु¥यउने प्रवक्ता कडायत बताउँछन्। गैरकानुनी रूपमा यस्ता एप चलाउनेहरू प्रति कानुनी कारबाहीसमेत हुनसक्ने कडायतको दाबी छ। 

टिकटकमाथि रोक लगाएपछि यसको पक्ष–विपक्षमा आवाज उठिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा विसंगती, विकृति र अराजकता फैलाएकाले नेपालमा टिकटक बन्द गरिएको बताएका छन्। उनले राज्यलार्ई जिम्मेवारीबाट अगाडि बढ्न रोक्ने खालका प्रवृतिलार्ई के गरी नियन्त्रण गर्ने भन्ने छलफलपश्चात् टिकटक बन्द गर्ने निर्णय भएको बताएका छन्। 

सञ्चारमन्त्री रेखा शर्माले सामाजिक सञ्जाल विथोलिने गरी लगातार टिकटकमा प्रचारप्रसार भइरहेकाले प्रतिबन्ध लगाउन थालेको बताएकी छन्। उनी भन्छिन्, ‘सामाजिक सञ्जाललार्ई नियमन गर्नका लागि सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिकासमेत सरकारले ल्याएको छ। सवै प्रकारका सामाजिक सञ्जालबाट हुने गैरकानुनी कार्य, सामाजिक सद्भाव विथोल्ने प्रचार र सामग्रीको सूक्ष्म निगरानी सरकारले गर्छ।’ टिकटकमा परिवार र समाजमा बसेर हेर्न नसकिने सामग्री आउन थालेपछि सरकारले प्रतिबन्ध गरेको उनले बताइन्। 

कलाकार तथा फिल्म निर्माता दिपकराज गिरीले ‘टिकटकमा विकृति मिसिएर आयो। लाइभमा अवाञ्छित गतिविधि भएको सुनियो, यसलार्ई नियमन गर्न जरुरी थियो’ भने। राप्रपा नेता राजेन्द्र लिङदेनले सामाजिक सञ्जालमा हुने विकृति र विसंगती नियमन र नियन्त्रण आवश्यक रहेको तर प्रतिबन्ध गरिनु ठीक नभएको बताए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई