२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

बैंकहरुमा व्याजदर घट्दै, अझै पुसमा व्याजदर घट्ने

५ मंसिर २०८०, मंगलवार ०२:५०

मङ्सिर ५, काठमाडौं | बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएसँगै र उद्यमी व्यवसायीहरु व्यवसायमा -हास आएका कारण लगानी गर्न डराएका कारण बैंकहरुले क्रमिक रुपमा कर्जाको व्याजदर घटाउन थालेका छन् ।

बैंकहरुले ५९ खर्ब १९ अर्ब निक्षेप संकलन गर्दा कर्जामा लगानी भने ४९ खर्ब ८७ अर्ब मात्र पु-याउन सकेका छन् । सीडी रेसियो ८१ प्रतिशतको आसपासमा रहे पछि बैंकहरु कर्जामा लगानी गर्न व्याजदर घटाउन लागि परेका हुन् ।

बैंकहरुको व्याजदर महँगो भएका कारण उद्योग धन्दा फस्टाउन नसकेका कारण कर्जा व्याजदर एकल अंकमा झार्नुपर्ने दबाब उद्यमी व्यवसायीहरुको परेका कारणले पनि बैंकहरुले व्याजदर घटाउन थालेका हुन् ।

गतवर्षसम्म बैंकहरुमा तरलताको अभाव भएपछि बैंकहरुले कर्जाको व्याजदर बढाएका थिए । तर गत साउनबाट निरन्तर रुपमा अधिक तरलता भएपछि बैंकहरुमा व्याजदर घटाउने दबाब पर्दै गएको थियो । नेपाल बैंकर्स संघको कार्टेलिङ्गजस्तै रहेको बैंक व्याजदर निर्धारण बैंकहरुले नै गर्न पाउने व्यवस्था भएपछि भदौ यता बैंकहरुको ब्याजदर क्रमिक रुपमा घटिरहेको छ ।

गत भदौसम्म समग्र बैंकहरुले मुद्दतिमा दिने औसत व्याजदर १०।३२५ प्रतिशत रहेकोमा मंसिरका लागि निर्धारण गरिएको औसत व्याजदर ९।६६ प्रतिशतमा झरेको छ । बैंकहरुले सार्वजनिक गरेको विवरणअनुसार असोजमा वाणिज्य बैंकको औसत ब्याजदर १०।२६ प्रतिशत रहेको थियो । कात्तिकमा भने ९।९६ प्रतिशत थियो।

क्रमिक रुपमा घटिरहेको व्याजदर पुसमा अझ लगानी योग्य रकम अधिक हुने हुँदा व्याजदर घट्ने प्रक्षेपण गरिएको छ ।

अहिले सञ्चालनमा रहेका २० ओटा वाणिज्य बैंकहरुमध्ये मुद्दतिमा सवैभन्दा वढी व्याज नेपाल एसबिआइ बैंकले दिंदैछ भने सवैभन्दा कम व्याज एनआइसी एसियाले दिनेछ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान