२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

नागढुंगा–नौबिसे सुरुङ मार्गको लागत अब १७ अर्ब

६ मंसिर २०८०, बुधबार ०३:११

मङ्सिर ६, काठमाडौँ | नागढुंगा–नौबिसे सुरुङ मार्गको लागत थप चार अर्ब रूपैयाँ बढ्ने भएको छ। सुरुङ मार्ग खन्ने क्रममा कमजोर चट्टान भेटिएको र निर्माण अवधि पनि लम्बिएकाले ‘प्राइज स्केलेसन’ का आधारमा लागत झन्डै चार अर्ब बढ्ने देखिएको हो।

सुरुङ मार्ग निर्माण आयोजनाका आयोजना प्रमुख नवीनमान श्रेष्ठले आयोजनाको लागत ४ अर्ब रूपैयाँ बढ्ने बताए। ‘सुरुङ मार्ग १३ अर्ब ३३ करोड रूपैयाँ लागतमा बनाउन थालिएको हो। तर सुरुङ खन्ने क्रममा फेला परेको विषम भौगर्भिक अवस्था र निर्माण अवधि बढेसँगै लागत बढ्ने भएको छ,’ उनले भने, ‘निर्माण सामग्रीको भाउ, उपकरणलगायतमा अत्यधिक मूल्यवृद्धि भएकाले पनि लागत बढ्ने भएको हो।’

कमजोर चट्टान पाइएको स्थानमा सुरुङ खन्दा टेवा दिनुपर्ने र थप संरचना बनाउनु पर्ने हुन्छ। सामान्य अवस्थामा कमजोर चट्टान फुटाउन सजिलो हुन्छ तर सुरुङ मार्ग निर्माण बलियो चट्टानमा सहज हुन्छ। यो आयोजनामा जापानी सहयोग नियोग जाइकाले ऋणस्वरूप दिन साढे १६ अर्ब र नेपाल सरकारको करिब ६ अर्ब गरी साढे २२ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको थियो। जाइकाले दिने साढे १६ अर्ब ऋणमध्ये १३ अर्ब ३३ करोड सुरुङ मार्ग निर्माण र साढे तीन अर्ब परामर्शदाता कम्पनीका लागि तोकिएको छ। नेपाल सरकारको करिब ६ अर्ब मुआब्जामा खर्च हुने छ।

सुरु ठेक्का सम्झौताअनुसार आयोजना ३० महिनाभित्रै अर्थात् सन् २०२३ अप्रिल २६ भित्रै निर्माण सम्पन्न हुनुपर्ने थियो। पहिलो चरणमा आयोजनाको म्याद ८६ दिन मात्रै थपियो। थपिएको समयभित्र निर्माण सम्पन्न नभएपछि फेरि २०२४ अप्रिल २५ सम्म म्याद बढाइएको छ। तर पछिल्लो समयसीमाभित्र पनि आयोजना निर्माण सम्पन्न नहुने देखिन्छ। आयोजना प्रमुख श्रेष्ठले आयोजना सुरुवाती चरणकै लागतअनुसार नै निर्माण गर्नुपर्ने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा फाइल पठाएको बताए।

‘हामीले पुरानै ठेक्का भएकाले पुरानै नियम लागु हुनुपर्ने भन्दै आइरहेको छौं,’ उनले भने, ‘यो कुरा भौतिक पूर्वाधार मन्त्रालय हुँदै अर्थ मन्त्रालयसम्म पुगिसकेको छ। अर्थले आवश्यक कदम चाल्नेमा विश्वास गरेका छौं।’

यो आयोजनाका लागि जाइकाबाट ४० वर्षका लागि ऋण लिइएको हो। नेपालले आयोजनाको साँवा २० वर्षपछि तिर्नुपर्ने हुन्छ। ऋणको ब्याजदर ०।०१ प्रतिशत छ। आयोजना प्रमुख श्रेष्ठले सुरुङ मार्गान भेन्टिलेटर, लाइटिङलगाया अन्य धेरै खालका उपकरण जडान गर्न बाँकी रहेको बताए। ‘सुरुङ मार्गको सम्पूर्ण काम सम्पन्न गर्न अझै एक वर्ष लाग्ने देखिन्छ,’ उनले भने, ‘एक वर्षपछि सवारीसाधन आवातजावत गर्न सक्ने छन्।’ आयोजनाका अनुसार २०÷२५ प्रतिशत बजेटको अंश सुरुङमा विभिन्न प्रकारका उपकरण र प्रविधि जडानका लागि छुट्याइएकाले पनि समग्रमा भौतिक प्रगति केही कमी देखिएको हो। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन