2026-09-18 11:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

एउटै राहदानीबाट दुईवटा भिसा बनाएर घरेलु कामदारमा कुवेत पठाइन्छन् नेपाली युवती

मङ्सिर १३, काठमाडौँ  | सरकारले कुवेतलगायत खाडी मुलुकमा घरेलु मजदुर पठाउन प्रतिबन्ध लगाएको छ। तर, एउटै राहदानीबाट दुईवटा भिसा बनाएर घरेलु मजदुरका रूपमा नेपाली युवतीहरूको तस्करी हुने गरेको छ। 

नेपाल र कुवेतमा देखाउन दुईथरी भिसा बनाएर पठाउने गरिएको छ। एउटा भिसा श्रम स्वीकृति प्राप्त गर्नका लागि बनाइएको देखिन्छ भने अर्को भिसा कामदारलाई उपलब्ध गराउन बनाइएको देखिन्छ। श्रम स्वीकृति प्राप्त गर्न दिइएको भिसामा कामको प्रकृति ‘घरेलु मजदुर’ उल्लेख गरिएको छैन, कुवेत जानुको उद्देश्य कम्पनीमा काम गर्ने उल्लेख गरिएको छ। रोजगारदाता कम्पनीको नाम पनि भिसामा प्रस्टसँग खुलाइएको छ। यसलाई आधार बनाएर कुवेतस्थित दुतावासले श्रम स्वीकृतिका लागि पत्र लेखेको छ, जसमा श्रम सहचारी हेमकुमार अधिकारीको हस्ताक्षर र दूतावासको छाप छ। 

तर, कुवेत पुगेपछि मजदुरलाई दिइने अर्को भिसामा भने प्रस्टसँग कामको प्रकृति ‘घरेलु मजदुर’ उल्लेख गरिएको छ । अरबी भाषामा उल्लेखित उक्त भिसा सबैले पढ्न सक्दैनन्। तस्करी गरिएका युवतीले कुवेत जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको चेकजाँचमा ‘घरेलु मजदुर’ उल्लेख नगरिएको भिसा देखाउँछन् र सजिलै कुवेत पुग्छन्। त्यहाँ पुगेलपछि अर्को भिसा प्रयोग गर्छन् र घरेलु मजदुरका रूपमा काममा लगाइन्छ। 

यसरी गैरकानुनी रुपमा कुवेत पुर्‍याइएका केही युवतीको विवरण प्राप्त भएको छ। तिमध्ये एक हुन्, सुनबर्सी– ५, मोरङकी आरतीकुमारी ऋषिदेव। ३० बैसाख ०८० मा उनको नाममा अंग्रेजी र अरबी भाषा उल्लेखित भिसा जारी भएको देखिन्छ। पिए १०६८७५८ नम्बरको राहदानीमा जारी भिसामा कम्पनीको नाम ‘मिस परेक्ट लाउन्ज सलुन एन्ड स्पा लेडिज ब्युटी’ उल्लेख छ। ‘हेयरड्रेसर’ काम तोकिएको छ। कुवेतस्थित नेपाली दूतावासले उनको श्रम स्वीकृति र उडान अनुमतिका लागि वैदेशिक रोजगार विभाग र अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयलाई सिफारिसपत्र पठाएको छ। जसमा श्रम सहचारी अधिकारीको हस्ताक्षर र दूतावासको छाप छ । 

आरतीकुमार ऋषिदेवको त्यही नम्बरको राहदानीमा नाममा अर्को भिसा पनि जारी भएको छ। जसमा कामको प्रकृति ‘डोमेस्टिक वर्कर’ भनी उल्लेख गरिएको छ। भिसा भने अरबी भाषामा जारी भएको छ। जसमा कुवेतको आन्तरिक मामिला मन्त्रालयअन्तर्गतको ‘जेनरल डिपार्टमेन्ट अफ रेसिडेन्सी अफेयर्स’को छाप छ। – नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई