२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

चितवन राष्ट्रिय निकुञ्जभित्र दुई गैंडा मार्ने ८ जना पक्राउ, २० दिन जंगलमै बसेको थियो तस्कर समूह

२०८०, १४ मंसिर बिहीबार ११:५९

मङ्सिर १४, काठमाडौँ | चितवन राष्ट्रिय निकुञ्जले कोर एरियामा खाडल खनेर दुईवटा गैंडा मारी खाग बिक्री गर्न लागेको आरोप पक्राउ परेका ८ जनालाई खागसहित सार्वजनिक गरेको छ । निकुञ्ज कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुङ्गानाको उपस्थितिमा उनीहरुलाई सार्वजनिक गरिएको हो ।

खाग बिक्री गर्न ग्राहक खोजिरहेको अवस्थामा चितवनको राप्ती नगरपालिकाको वडा नम्बर ५ र ६ को क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको महानिर्देशक ढुङ्गानाले जानकारी दिए । पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार पक्राउ पर्नेहरुमा मुख्य योजनाकार ३३ वर्षका रमेश खाती र थिङ बाजे भन्ने ५६ वर्षका सीताराम थिङ हुन् ।


हेटौंडा उपमहानगरपालिका- ३ लेबर्ट घर भएका खातीलाई प्रहरीले मंसिर ९ गते चितवनको राप्ती- ६ बाट पक्राउ गरिएको थियो । खातीलाई यसअघि एक पटक गैंडा शिकारकै अभियोगमा सोधपुछको लागि निकुञ्ज लगिए पनि अपराधमा संलग्न भएको प्रमाण नभएकोले अभियोजन प्रक्रिया अघि नबढेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले जानकारी दिए ।

सोही मितिमा गैंडा शिकार अभियोगमा ४२ वर्षका पासाङ भन्ने आइतसिंह मोक्तान पक्राउ परेका छन् । राप्ती- ११ थाकलटार घर भएका मोक्तान पनि राप्ती- ६ बाटै पक्राउ परेका थिए । खाग बिक्री वितरणमा सहयोग गरेको अभियोगमा ४४ वर्षका शमशेर थिङ पक्राउ परेका छन् । मकवानपुर- ९ घर भइ हेटौंडा- ४ बस्दै आएका थिङलाई पनि राप्ती- ६ बाटै पक्राउ गरिएको हो । राप्ती ६ क्षेत्रबाट नै गैंडाको खाग बिक्री वितरण गर्ने मुख्य योजनाकार थिङ बाजे पक्राउ परेका छन् । उनी मकवानपुरको मनहरी- ६ नयाँ बस्तीका हुन् ।

हेटौंडा- ५ का २८ वर्षका अर्जुन रोका राप्ती- ६ बाटै पक्राउ परेको प्रमुख संरक्षण अधिकृत पुनले बताए । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका- ११ का घले भन्ने ७७ वर्षका धनबहादुर गुरुङ पनि छन् । रोका र गुरुङ दुबै खाग बिक्री वितरण गर्ने अभियोगमा पक्राउ परेका हुन् । राप्ती- ११ बस्ने ४० वर्षका उनबहादुर स्याङतानलाई राप्ती- ५ बाट पक्राउ गरिएको थियो । उनी गैंडा शिकारी अभियोगमा पक्राउ परेका हुन् । गैंडा शिकारी अभियोगमै मनहरी- ७ ज्यामिरे घर भइ माडी- ९ बाँदरझुला बस्ने ५६ वर्षका इन्द्र भन्ने स्याङ्बो तामाङ छन् । उनलाई राप्ती- ५ बाट मंसिर ११ गते पक्राउ गरिएको हो । पक्राउ परेका सबैलाई जिल्ला अदालत चितवनबाट म्याद थप भइ अनुसन्धान प्रक्रिया अघि बढाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

बीस दिन जंगलमै बसेको थियो गैंडा तस्करको समूह

असोज ३० गते चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा दुई वटा पोथी गैंडा मारिएको थियो । निकुञ्जको चपरचुली सुरक्षा पोष्टको ३ किलोमिटरको मात्रै दुरीमा रहेको उक्त क्षेत्रमा २० दिनसम्म तस्कर समूहले बिताउँदा पनि निकुञ्ज सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा गस्ती टोलीले जानकारी नपाएको देखिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक ढुङ्गानाले ५ दिनअघि उक्त क्षेत्रमा सुरक्षा गस्ती गएको पत्रकार सम्मेलनमा बताए । तर, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागको प्राविधिक टोलीले भने सुरक्षा गस्ती पाँच दिनअघि पुगेको भने पनि २० दिनसम्म तस्करको टोली जंगलमै बास बसेको जनाएको छ ।

उनीहरुको साथबाट बरामद गरिएको सामग्रीहरुले पनि लामो समय जंगलमै बसेको प्रमाण रहेको पुष्टि हुन्छ । अनुसन्धान टोलीले उनीहरुको साथबाट ४८० ग्राम र ६० ग्राम तौलको दुई थान खाग बरामद गरेको छ । उनीहरुको साथबाट कालो झोला, भरुवा बन्दुक, बिँड भएको बञ्चरो, चक्कु, भरुवा बन्दुकमा प्रयोग हुने फलामको टुक्रा, गुलेली, टर्च लाइट, कालो झोला, घरमा बनाएको झोला, डेक्ची, पटाका बारुद, ब्ल्यांकेट र दुई थान पल्सर मोटरसाइकल बरामद गरिएको छ ।

उनीहरुले एक किलोमिटरको दुरीमा सात वटा खाल्डा बनाएका थिए । केही पर मचान जस्तो बनाइ बसेको, चाउचाउ, पानी खाएका खोलहरु समेत भेटिएको महानिर्देशक ढुङ्गानाले जानकारी दिए ।

सात वटा खाडल खनेर चोरी शिकारी प्रक्रिया पूरा गर्न तस्करहरुले करिब महिना दिन बिताउँदासमेत निकुञ्ज प्रशासनले थाहा नपाउनु कमजोरी भएको महानिर्देशक ढुङ्गानाले स्वीकार गरे । उनले निकुञ्जका सुरक्षामा रहेका कर्मचारी बिदामा घर गएको मौका छोपी गैंडा तस्करले चोरी शिकारी गरेको बताए ।

उनले निकुञ्जमा कर्मचारी अभाव भएको कारण बिदाको समयमा कर्मचारी व्यवस्थापनमा समस्या हुने गरेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ