दुनियाकै ठूलो सोसल नेटवर्किंग साइटका केही गुह्य तथ्यहरुको बारेमा धेरैलाई थ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 दुनियाकै ठूलो सोसल नेटवर्किंग साइटका केही गुह्य तथ्यहरुको बारेमा धेरैलाई थ"/>

2026-09-18 10:47 PM
काठमाडौँ - KTM

फेसबुक चलाउनुहुन्छ ? जान्नुहोस् यी १२ तथ्यहरु

 दुनियाकै ठूलो सोसल नेटवर्किंग साइटका केही गुह्य तथ्यहरुको बारेमा धेरैलाई थाहा नहुन सक्छ । आउनुहोस् यी एक दर्जन तथ्यबारे जानौँ, जो रोचक छन् तर तपाइँलाई पनि अहिलेसम्म थाहा नभएको हुनसक्छः

–  फेसबुकमा पहिलोपटक जुन अनुहार देखियो त्यो अमेरिकी अभिनेता अल पचिनोको थियो ।

–  फेसबुकमा एउटा यस्तो फिचर पनि छ जसमा तपाइँले आफ्नो मृत्युपछि आफ्नो अकाउन्ट व्यवस्थापन गर्नका लागि वारेस नियुक्त गर्न सक्नुहुन्छ ।

–  फेसबुकको स्टाटस बक्समा गएर तपाइँले जुन कुरा टाइप गर्नुहुन्छ त्यो सिधै फेसबुकको सर्भरमा पुग्दछ, चाहे तपाइँले लेखेको कुरा मेट्नुभयो वा पोष्ट गर्नुभएन भने पनि ।

-हरेक एक मिनेटमा फेसबुकमा १८ लाख पटक लाइक बटन थिचिन्छ ।

– तपाइँलाई लाग्दछ की फेसबुकमा निकै धेरै फेक अकाउन्ट हुन्छन् । तर फेसबुकमा उतिसारो फेक अकाउन्ट भने छैनन् । प्रचलनमा रहेका कूल फेसबुक अकाउन्टमध्ये ८.७ प्रतिशत मात्र फेक अर्थात् नक्कली रहेका छन् । तर सयमा झण्डै ९ वटा फेसबुक अकाउन्ट नक्कली हुनुपनि सानो कुरा होइन ।

-एक अध्ययन अनुसार फेसबुक चलाइसकेपछिको समयमा हरेक एक तिहाई मानिसले आफ्नो जिवनमा सबैभन्दा धेरै असन्तुष्ट महसुस गर्दछ । यस्तो यसकारण हुन्छ की फेसबुकमा धेरैजसो मानिसहरु जिवनमा खुसीहरु भरिएका पोष्टहरु गरिरहेका हुन्छन् । यसले हामीलाई आरिस उत्पन्न गराउँछ र आफैप्रति असन्तुष्टि पैदा गरिदिन्छ ।

-यदि तपाइँलाई घरै बसीबसी पैसा कमाउने इच्छा छ भने फेसबुक ह्याक गर्नुहोस् । फेसबुकमा भएको सुरक्षा कमजोरी पत्ता लगाउनेलाई फेसबुकले नै पुरस्कार प्रदान गर्ने गर्दछ । तर यसो भन्दैमा जथाभावी फेसबुक प्रयोगकर्ताका फेसबुक अकाउन्ट ह्याक गर्नु चाहीँ अपराध हुन्छ । स्मरण रहोस फेसबुकमा हरेक दिन ६ लाख पटक ह्याकिंगको प्रयास गरिन्छ ।

-मानिसहरुमा फेसबुकप्रतिको लत यति धेरै बढेको छ की एउटा नयाँ रोग नै सिर्जना भएको छ । जसलाई फेसबुक एडिक्सन डिसअर्डर भनिन्छ ।

-कहिलेकाहीँ केही समय फेसबुक साइट डाउन हुन्छ  वा चल्दैन । यसो हुँदा हरेक मिनेटमा फेसबुकाई २५ हजार डलर घाटा लाग्दछ ।

-अरु त अरु, फेसबुक कैयन् हत्या तथा मृत्युको कारक बन्ने गरेको छ । फेसबुककै कारण विभिन्न अपराधको जन्म हुने गरेको छ । रोचक कुरा त के भने फेसबुकमा आफुलाई अनप|mेण्ड गरेको निहुँमा समेत मानिसको हत्या हुने गरेको छ ।

– फेसबुकमा अहिले जुन लाइक बटन चल्तीमा छ त्यसलाई सुरुवातमा अवेसन नाम दिइएको थियो ।

–   हाल फेसबुकमा ३ करोड मृत मानिसका अकाउन्ट छन् । आउँदो १ सय वर्षमा यो संख्या ५० करोड पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई