Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

जेलमा रहेका खाणलाई कांग्रेसको सम्मान

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १७, काठमाडौँ |  नक्कली भुटानी शरणार्थी बनाउने काममा संलग्न रहेको अभियोगमा  केन्द्रीय कारागारमा थुनामा रहेका नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले शनिवार सम्मान गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवाले बालकृष्णको सम्मान पत्र उनका भाइ रामकृष्ण खाणलाई हस्तान्तरण गरेका हुन्। रामकृष्ण  रूपन्देही कांग्रेस सभापति पनि हुन्।

पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण खाण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन संलग्न रहेको आरोपमा वैशाख २७ गते  निवासबाटै प्रहरीले पक्राउ गरेको थियो।  सभापति देउवाले ‘अदालतबाट अभियोग पुष्टि भई नसकेको’ भन्दै खाणले न्याय पाउने बताउँदै आएका छन्। उच्च अदालत पाटनमा शुक्रवार आदेश दिने क्रममा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणको विषयमा दुई न्यायाधीशबीच मत बाझिएको थियो।

न्यायाधीश पाण्डेले खाणलाई ३० लाख धरौटीमा थुनामुक्त गर्ने राय दिँदा उनको रायसँग अर्का न्यायाधीश खरेलले असहमति जनाएका थिए। जसले गर्दा तत्कालका लागि खाण थुनामुक्त हुने वा नहुने भन्ने विषयमा अन्योल छ। -नागरिक दैनिकबाट