१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

जेलमा रहेका खाणलाई कांग्रेसको सम्मान

१७ मंसिर २०८०, आईतवार ०६:२७

मङ्सिर १७, काठमाडौँ |  नक्कली भुटानी शरणार्थी बनाउने काममा संलग्न रहेको अभियोगमा  केन्द्रीय कारागारमा थुनामा रहेका नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले शनिवार सम्मान गरेको छ।


पार्टी सभापति शेरबहादुर देउवाले बालकृष्णको सम्मान पत्र उनका भाइ रामकृष्ण खाणलाई हस्तान्तरण गरेका हुन्। रामकृष्ण  रूपन्देही कांग्रेस सभापति पनि हुन्। 

पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण खाण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन संलग्न रहेको आरोपमा वैशाख २७ गते  निवासबाटै प्रहरीले पक्राउ गरेको थियो।  सभापति देउवाले ‘अदालतबाट अभियोग पुष्टि भई नसकेको’ भन्दै खाणले न्याय पाउने बताउँदै आएका छन्। उच्च अदालत पाटनमा शुक्रवार आदेश दिने क्रममा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणको विषयमा दुई न्यायाधीशबीच मत बाझिएको थियो।

न्यायाधीश पाण्डेले खाणलाई ३० लाख धरौटीमा थुनामुक्त गर्ने राय दिँदा उनको रायसँग अर्का न्यायाधीश खरेलले असहमति जनाएका थिए। जसले गर्दा तत्कालका लागि खाण थुनामुक्त हुने वा नहुने भन्ने विषयमा अन्योल छ। -नागरिक दैनिकबाट 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार