Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

कर परीक्षणले २६ अर्ब रुपियाँभन्दा बढी कर नोक्सान हुनबाट जोगियो

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मङ्सिर १८, काठमाडौँ | </b>करदाताले बुझाएको कर विवरणको पूर्ण परीक्षण गर्दा सरकारले प्राप्त गर्नुपर्ने २६ अर्ब रुपियाँभन्दा बढी कर नोक्सान हुनबाट जोगिएको छ । गत आर्थिक वर्ष २०७९/८० मा त्यसरी पूर्ण कर परीक्षण गर्दा २६ अर्ब ६० करोड रुपियाँ नोक्सानी घटेको आन्तरिक राजस्व विभागले जनाएको छ ।<br></p><p>विभाग अन्तर्गत ठुला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय तथा आन्तरिक राजस्व कार्यालयमार्फत गरिएको पूर्ण कर परीक्षणबाट लक्ष्यभन्दा ७१ प्रतिशत बढी नोक्सानी घटाइएको विभागले जनाएको छ । गत आवमा विभागले पूर्ण कर परीक्षणमार्फत १५ अर्ब ५०&nbsp; करोड&nbsp; रुपियाँ&nbsp; नोक्सानी&nbsp; घटाउने&nbsp; लक्ष्य&nbsp; राखेको&nbsp; थियो&nbsp; तर लक्ष्यभन्दा ११ अर्ब रुपियाँ बढी कर नोक्सान हुनबाट जोगिएको विभागको प्रतिवेदनमा उल्लेख छ । गत आवमा विभागले छ हजार ५३९ वटा कर विवरणको पूर्ण परीक्षण गर्ने लक्ष्य लिएको थियो ।</p><p>जसमध्ये चार हजार दुई सय नयाँ र बक्यौता रहेको पुरानो दुई हजार ३३९ वटा विवरणको परीक्षण गर्ने विभागको लक्ष्य थियो । यसमध्ये पाँच हजार २७६ वटा विवरणको मात्र परीक्षण हुन सकेको विभागले जनाएको छ । आजको <b>गोरखापत्र दैनिकमा</b> समाचार छ ।</p>