१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

धरौटी र तारिखमा छुट्न आदेश पाएकाहरू जेलमै

१८ मंसिर २०८०, सोमबार ०७:०२

मङ्सिर १८, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतले छाड्नु भनी आदेश गरेका कुनै बन्दी पनि आइतबार छुटेनन । शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको इजलासले उक्त प्रकरणमा संलग्नताको अभियोग लागेका केहीलाई धरौटी र साधारण तारिखमा छाड्न आदेश दिएको थियो।

पाण्डे र खरेलको इजलासले जिल्ला अदालत काठमाडौंको असार १ को आदेशअनुसार पुर्पक्षका लागि थुनामा परेका मध्ये पूर्वगृहमन्त्री टोपबहादुर रायमाझी र तत्कालीन गृह सचिव टेकनारायण पाण्डेलगायत अन्य प्रतिवादी इन्द्रजित राई, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, सन्देश शर्मा र आङटावा शेर्पालाई धरौटीमा छाड्न अस्वीकार गरेको थियो ।

तर, थुनामा रहेका बाँकी अभियुक्तमध्ये पूर्वगृहमन्त्री बालकृष्ण खाणका पीए नरेन्द्र केसी र शमशेर मियाँलाई जनही १० लाख, टेकनाथ रिजाल, हरिभक्त महर्जन र रामशरण केसीलाई जनही १५ लाख र सन्दीप रायमाझीलाई ३० लाख लिएर धरौटीमा छाड्न उक्त इजलासले आदेश दिएको थियो। टंककुमार गुरुङ, केशव तुलाधर, आशिष बुढाथोकी र लक्ष्मी महर्जनलाई पनि साधारण तारिखमा छाड्न आदेश भएको थियो।

आदेशअनुसार आइतबार नरेन्द्र केसी, हरिभक्त महर्जन र शमशेर मियाँले जिल्ला अदालतमा धरौटी बुझाएका थिए। तर, उनीहरू थुनामुक्त हुन बाँकी रहेको कारागार प्रशासनले जनाएको छ। ‘धरौटी बुझाएको पत्र पाउँदा कार्यालय समय सकिएर साँझको ६ बजिसकेको थियो,’ कारागार कार्यालय जगन्नाथदेवल सुन्धाराका कारागार प्रशासक ललित बस्नेतले भने, ‘पत्र त्यसअघि नै आएको भए पनि उहाँहरू छुट्ने अवस्था थिएन, किनभने सम्पत्ति शुद्धीकरण र अख्तियारले उहाँहरूविरुद्ध अनुसन्धान गरिरहेको व्यहोरासहित टेकु प्रहरीबाट उनीहरूलाई हिरासतमा बुझाउनु भन्ने पत्र हामीलाई आएको छ।’

बस्नेतका अनुसार, अदालतले साधारण धरौटीमा छाडेको ६ जना र साधारण तारिखमा छाड्नु भनेको ४ जना गरी सबैविरुद्ध सम्पत्ति शुद्धीकरण र अख्तियारले अनुसन्धान गरिरहेकाले हिरासतमा लिनु भन्ने पत्र प्रहरीबाट आएको छ । ‘पत्र पाउँदा कार्यालय समय सकिसकेकाले त्यसको कार्यान्वयन हुन सकेन,’ बस्नेतले भने, ‘भोलि (सोमबार) उहाँहरू सबैलाई प्रहरीको जिम्मा लगाउनेछौं।’

खाणको मुद्दामा तेस्रो न्यायाधीशका लागि पेसी तोकिन बाँकी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा राखिएका पूर्वगृहमन्त्री खाणलाई थुन्ने कि छाड्ने भन्ने निर्णय गर्न तोकिनुपर्ने भन्दै तेस्रो न्यायाधीशको इजलास गठन हुन अझै केही दिन लाग्ने भएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार