२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

इराकमा बेचिए सात नेपाली चेली, उद्धारका लागि हारगुहार

२० मंसिर २०८०, बुधबार ०२:५४

मङ्सिर २०, काठमाडौं | गैरकानुनी बाटो हुँदै इराक पुगेका सात नेपाली चेली बेचिएका छन् । राम्रो रोजगारीको प्रलोभनमा परेर इराकको कुर्किस्थान पुगेका सिर्जना लिम्बू, शर्मिला कुमाल, अनिता पाइजा मगर, फूलमाया शेर्पा, सफिया गुरुङ, पेम्बा तमु शेर्पा र पासाङ शेर्पा बेचिएका हुन् ।

अनिता पाइजा मगरलाई सात महिनाअघि एजेन्ट किसन राईले राम्रो कमाइ हुने भन्दै गैरकानुनी तरिकाले इराक पु(याएर बिक्री गरेको पाइएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इराकका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

सिर्जनालाई एजेन्ट प्रमोद गुरुङले, शर्मिलालाई आशा कुमालले, फूलमाया र पेम्बा तमुलाई एजेन्ट अजित श्रेष्ठले इराक पु¥याएर बिक्री गरेका हुन् भने सफिया र पासाङलाई पनि एजेन्टले त्यहाँ लगेर बेचेका हुन् । उनीहरू सबै जना दुई÷तीन महिनाअघि मात्र इराकको कुर्किस्थान आएको, एजेन्टले घरेलु कामदारका रूपमा बिक्री गरेको र समस्या भएपछि उद्धारका लागि अपिल गरेको अध्यक्ष श्रेष्ठले बताए । उनीहरूको अवस्था’दयगत एनआरएनएले जानकारी लिएको समेत उनले बताए ।

‘उनीहरूले उद्धारका लागि अपिल गरेको भए पनि अहिलेसम्म कसैको पनि उद्धार भएको छैन,’ उनले भने, ‘सोफिया र पासाङ काममा गएका छन्, अनिताको एजेन्टले पैसा मिलाउँदै छ, एक साता जति लाग्छ होला, अरूको पर्ख र हेरको अवस्थामा छ ।’

अन्यको हकमा भने रोजगारदातासँग भेटेर छलफल गरिएको छ । ‘यहाँ रोजगारदाताको दोष होइन, जसले नेपालबाट कामदार ल्याउनुहुन्छ, त्यसरी ल्याउँदा खुलस्त भन्नुप¥यो, तपाईंहरूले घरेलु कामदारका रूपमा काम गर्नुपर्छ भनेर, यहाँ आउने सबैलाई राम्रो नै हुन्छ भन्ने छैन । यहाँ अनुमानित १२ देखि १५ हजार महिलाले काम गरिरहेका छन्,’ उनले थपे ।

‘अहिले श्रम बजार पनि खुम्चिएको छ, अब जाडो मौसममा काम पाउन पनि गाह्रो हुन्छ, दिदीबहिनी हरेक दिन समस्यामा परेका छन्, उनीहरूले उद्धारका लागि सहयोग मागिरहेका छन्,’ उनले भने ।

अनिताका एजेन्ट किसन राईले भने मुख्य भिसा निकाल्ने अनिल श्रेष्ठ रहेको र त्यहाँ समस्यामा परेको जानकारी आएको भन्दै साता–दस दिनभित्र नेपाल फिर्ता ल्याउने प्रतिबद्धता जनाए ।

‘ऊ मसँगै पढेको साथी पनि हो, उसको आर्थिक अवस्था पनि कमजोर भएकाले हामीले इराक पठाउन सहयोग गरेका हौं,’ किसनले भने, ‘६÷७ लाख रुपैयाँ जति खर्च लाग्ने रहेछ, पैसाको जोहो गर्दै छौं, पैसा हुनेबित्तिकै नेपाल फिर्ता ल्याउँछौं ।’ यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली