२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

युक्रेनबाट युद्धबन्दीको याचना– प्रधानमन्त्रीज्यू, चाँडै उद्धार गर्नुपर्‍यो

२० मंसिर २०८०, बुधबार ०७:३९

मङ्सिर २०, काठमाडौँ | युक्रेनमा युद्धबन्दीका रूपमा सार्वजनिक भएका एक नेपालीले आफू अहिलेसम्म सकुशल रहेको र उद्धार गरिदिन सरकारसँग आग्रह गरेका छन्। ती नेपाली युद्धबन्दीले सामाजिक सञ्जालमा राखेको भिडियोमा आफ्ना बुबा–ममीलाई सम्झँदै उद्धारका लागि आग्रह गरिएको छ।

‘बुबा–ममी नमस्ते, म अहिलेसम्म यहाँ ठिकै छु, पछि के हुन्छ थाहा छैन,’ उक्त भिडियोमा भक्कानिएको स्वर सुनिन्छ, ‘यहाँ अन्य नेपाली पनि छन्, प्रधानमन्त्रीलाई भनेर हुन्छ कि, के गरेर हुन्छ, चाँडै निकाल्नुप¥यो। अहिले म यहाँ देश र बुढाबुढी बुबा–ममीलाई सम्झिरहेको छु। एउटा छोरा भनेर बुबा–ममीले धेरै पिर गर्नुभएको होला, मैले यहाँबाट उहाँहरूलाई पनि धेरै सम्झेको छु।’  

नाम र ठेगाना नखुलेका रुसी सेनामा कार्यरत ती नेपाली युक्रेनमा पक्राउ परेका हुन्। यसअघि परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका विवेक खत्री हाल युक्रेनमा बन्दी अवस्थामा रहेको पुष्टि गरेको थियो। बर्दियाका खत्री रुसी सेनामा भर्ती भएपछि युक्रेनसँगको युद्धका क्रममा असोज अन्तिम सातादेखि युद्धबन्दीका रूपमा छन्। उनलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा कूटनीतिक पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा परिवारको दुःख हटाउन आफू रुसी सेनामा भर्ती भएको बताएका थिए।  

रुसी सेनामा भर्ती भएका नेपाली युवा युक्रेनविरुद्धको लडाइँ लडिरहेको समाचार आइरहेका छन्। रुसले युक्रेनविरुद्धको युद्धमा खटाएका कतिपय नेपालीको अवस्था अज्ञात छ भने कतिपयको मृत्यु भएको समाचार सार्वजनिक हुन थालेका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली