2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

युक्रेनबाट युद्धबन्दीको याचना– प्रधानमन्त्रीज्यू, चाँडै उद्धार गर्नुपर्‍यो

मङ्सिर २०, काठमाडौँ | युक्रेनमा युद्धबन्दीका रूपमा सार्वजनिक भएका एक नेपालीले आफू अहिलेसम्म सकुशल रहेको र उद्धार गरिदिन सरकारसँग आग्रह गरेका छन्। ती नेपाली युद्धबन्दीले सामाजिक सञ्जालमा राखेको भिडियोमा आफ्ना बुबा–ममीलाई सम्झँदै उद्धारका लागि आग्रह गरिएको छ।

‘बुबा–ममी नमस्ते, म अहिलेसम्म यहाँ ठिकै छु, पछि के हुन्छ थाहा छैन,’ उक्त भिडियोमा भक्कानिएको स्वर सुनिन्छ, ‘यहाँ अन्य नेपाली पनि छन्, प्रधानमन्त्रीलाई भनेर हुन्छ कि, के गरेर हुन्छ, चाँडै निकाल्नुप¥यो। अहिले म यहाँ देश र बुढाबुढी बुबा–ममीलाई सम्झिरहेको छु। एउटा छोरा भनेर बुबा–ममीले धेरै पिर गर्नुभएको होला, मैले यहाँबाट उहाँहरूलाई पनि धेरै सम्झेको छु।’  

नाम र ठेगाना नखुलेका रुसी सेनामा कार्यरत ती नेपाली युक्रेनमा पक्राउ परेका हुन्। यसअघि परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका विवेक खत्री हाल युक्रेनमा बन्दी अवस्थामा रहेको पुष्टि गरेको थियो। बर्दियाका खत्री रुसी सेनामा भर्ती भएपछि युक्रेनसँगको युद्धका क्रममा असोज अन्तिम सातादेखि युद्धबन्दीका रूपमा छन्। उनलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा कूटनीतिक पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा परिवारको दुःख हटाउन आफू रुसी सेनामा भर्ती भएको बताएका थिए।  

रुसी सेनामा भर्ती भएका नेपाली युवा युक्रेनविरुद्धको लडाइँ लडिरहेको समाचार आइरहेका छन्। रुसले युक्रेनविरुद्धको युद्धमा खटाएका कतिपय नेपालीको अवस्था अज्ञात छ भने कतिपयको मृत्यु भएको समाचार सार्वजनिक हुन थालेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई