2026-09-18 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

म्यानमारमा मानव तस्करी : पहिलेका पीडित नै अहिलेका अभियुक्त

मङ्सिर २५, काठमाडौँ | रोजगारीको प्रलोभनमा म्यानमार पुर्‍याएर ‘साइबर दास’ बनाउने गिरोहका एजेन्टलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ। पछिल्लो दुई सातामा पाँचजना पक्राउ परेका छन्। पहिला आफैँ रोजगारीका लागि म्यानमार पुगेकाहरूबाटै अरूलाई पनि फसाइएको अनुसन्धानबाट खुलिरहेको छ। 

प्रहरीले शनिबार बुद्ध तामाङ तथा आइतबार कविता गुरुङलाई पक्राउ गरेको छ। उनीहरूले चिनियाँ गिरोहसँग मिलेर नेपालीलाई अवैध तरिकाले म्यानमार पठाएका थिए। प्रलोभनमा परेर त्यहाँ पुगेकाहरू हालै ६–६ हजार अमेरिकी डलर फिरौती बुझाएर नेपाल फर्किएका हुन्।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले एजेन्टहरूमाथिको कारबाहीलाई तीव्रता दिएको हो। दुई साताअघि मात्र ब्युरोले श्रीकृष्ण घले, वाङ्गो लामा र प्रेमा लामालाई पक्राउ गरेको थियो। म्यानमारबाट हालै फर्केका पीडितहरूको उजुरी आउन थालेसँगै पक्राउ पर्नेहरू बढेका हुन्। मानव बेचबिखनको अपराधमा पीडितको जाहेरी नभई पक्राउ गर्न नमिल्ने प्रावधान छ। 

ब्युरोका प्रमुख जीवनकुमार श्रेष्ठले म्यानमारमा सयौँ नेपालीलाई पठाएर त्यहाँ बन्धक बनाएर अवैध काममा लगाउने गिरोहका एजेन्टमाथि कारबाहीलाई तीव्रता दिइएको बताए। ‘केहीलाई पक्राउ गरेका छौँ, अरू खोजीमा छन्,’ उनले भने, ‘यसमा संलग्न कतिपय चिनियाँ भाषाका दोभाषेहरू छन्।’ 

म्यानमारको म्यावडी भन्ने स्थानमा चिनियाँहरूको क्याम्पमा करिब एक वर्ष बसेर फिरौती बुझाई नेपाली युवा फर्किएका छन् । त्यहाँ अनलाइन स्क्यामिङको काम लगाइएको र लक्ष्यअनुसार काम गर्न नसक्दा चरम यातना दिएको उनीहरूले बताएका छन् । नेपाल फर्कन खोज्नेलाई ६ हजार अमेरिकी डलरमा किनेको भन्दै सोबराबर रकम माग्दै यातना दिने गरिएको छ । धेरैजना हालै फिरौती बुझाएर फर्किएका छन् । हाल त्यहाँ द्वन्द्व चलेकाले उद्धारको काम पनि हुन सकेको छैन, जसकारण पीडितहरू फिरौती बुझाउन बाध्य छन् । 

आइतबार पक्राउ परेकी कविता पहिला आफैँ रोजगारीका लागि म्यानमार गएकी थिइन्। त्यहाँ उनी करिब एक महिना काम गरेर फर्किइन्। अन्य व्यक्तिहरूलाई फसाएर उनी फर्कन सफल भएकी थिइन्। नेपाल आएपछि थप व्यक्तिलाई पठाउने काम गरिन्। त्यसरी पुगेका मकवानपुरका दुई युवक गत असोजमा फर्किएका थिए। ‘म त काम गर्न नसकेर फर्किएको हुँ, तपाईंहरूले महिनामा एक लाखभन्दा धेरै सजिलै कमाउन सक्नुहुन्छ भनेर विश्वासमा पारिन्,’ पीडित युवकले सुनाए। कविता चिनियाँ भाषाकी दोभाषे हुन्। उनको चिनियाँ गिरोहसँग पनि राम्रो सम्बन्ध छ। 

दुई साताअघि पक्राउ परेका श्रीकृष्ण घले र वाङ्गो लामा पनि पहिला आफैैँ म्यानमारमा फसेर फर्किएका व्यक्ति हुन्। उनीहरूले चिनजानका व्यक्तिलाई राम्रो जागिर रहेको भन्दै झुक्याएर फसाएका थिए। उनीहरूसहित पीडित अन्य व्यक्तिको उजुरीपछि उनीहरूलाई ब्युरोले पक्राउ गरेको हो। चिनियाँ गिरोहले एकमार्फत अर्कोलाई फसाउने ट्र्याप नै बनाएको ब्युरोका प्रहरी अधिकारी बताउँछन्। 

शनिबार पक्राउ परेका बुद्ध तामाङ धादिङका एक युवाको जाहेरीका आधारमा पक्राउ परेका हुन्। उनीसहित सुनिता नेपालीले ती युवकलाई चिनियाँसँग मिलेर म्यानमार पठाएका थिए। सुनिता गत साउनमा यस्तै प्रकृतिको अर्काे मुद्दामा पक्राउ परेकोमा हाल पुर्पक्षका लागि थुनामा छिन्। यस्तै घटनामा तीनजना चिनियाँ नागरिक पनि जेलमा छन् । अहिले पनि म्यानमारमा सयौँ नेपाली चिनियाँको क्यापमा बन्धक बनेर अवैध काम गर्दै आएका छन् । उद्धारका लागि आग्रह हुँदा पनि सरकारबाट सहयोग नपाएको उनीहरू बताउँछन्। म्यानमारस्थित नेपाली दूतावासका अधिकारीहरू भने उद्धारका लागि आफूहरूले पहल गरे पनि द्वन्द्व चलिरहेकाले उद्धारमा समस्या भएको बताउँछन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई