१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

झण्डै आधा शताब्दी जेल सजाय भोगेपछि जो निर्दोष साबित भए

५ पुष २०८०, बिहीबार ०६:४२

पुस ५, न्यूयोर्क । अमेरिकाको ओक्लाहोमामा झन्डै आधा शताब्दीसम्म हत्या आरोपमा जेल सजाय भोगेका एक पुरुषलाई निर्दोष घोषित गरिएको छ । सन् १९७४ मा भएको एउटा हत्या मामिलामा ग्लेन सिमन्सले ४८ वर्षसम्म कारावासमा जीवन बिताएका थिए । अमेरिकी इतिहासको निर्दोष व्यक्तिले पाएको यो सबैभन्दा लामो सजाय हो । गएको जुलाईमा न्यायाधीशले नयाँ सुनवाईका लागि आदेश दिएपछि ७० वर्षिय सिमन्स अहिले आएर रिहा भए ।


सोमबार काउन्टी जिल्ला न्यायाधिवक्ताले उनलाई थुनामा राख्न पर्याप्त प्रमाण नभएको बताइन् । यसअघि ओक्लाहोमा काउन्टी जिल्लाका न्यायाधीश एमी पालुम्बोले सिमन्स निर्दोष भएको फैसला सुनाएकी थिइन् । सिमन्सलाई जुन अभियोग चलाएर जेलमा राखियो ती अपराध उनले नगरेको स्पष्ट र ठोस प्रमाण अदालतले पाएको पालुम्बोले फैसला सुनाउने क्रममा भनिन् । सन् १९७४ मा ओक्लाहोमा शहरको एउटा मदिरा पसलमा लुटपाटको बेलामा क्यारोलिन सु रोजर्स भन्ने व्यक्तिको हत्या मामिलामा सिमन्सले ४८ वर्ष एक महिना र १८ दिन जेल सजाय भोगे ।

निर्दोष भएर पनि जेल सजाय काटिएको अमेरिकी इतिहासको यो अहिलेसम्मकै धेरै अवधि हो । यो घटनामा सन् १९७५ मा सिमन्स र अर्का प्रतिवादी डन रबन्सले मृत्यु दण्डको सजाय पाए । यतिबेला सिमन्स जम्मा २२ वर्षका थिए । मृत्युदण्डबारे अमेरिकाको सर्वोच्च अदालतको फैसलाका कारण पछि यो सजायलाई घटाएर आजीवन कारावासमा झारियो । हत्याको बेलामा आफू लुइजियानास्थित घरमा रहेको सिमन्सको भनाइ थियो ।

लुटपाटका क्रममा टाउकोमा पछाडिबाट गोली लागेका एक किशोरले दिएको बयानका आधारमा सिमन्स र रोबर्टस्माथि अभियोग चलाइएको थियो । ती किशोरले प्रहरीले लहरै उभ्याएका मानिसहरूतर्फ फर्किएर आरोपीहरू पहिचान गर्ने क्रममा धेरै जनातर्फ औँला देखाएका थिए । रोबर्टस्लाई भने सन् २००८ मा रिहा गरिएको थियो । निर्दोष भएर पनि गल्तीले जेल सजाय भोग्नेहरुले ओक्लाहोमामा १ लाख ७५ हजार डलरसम्म क्षतिपूर्ति पाउन सक्छन् । सिमन्स अहिले कलेजोको क्यान्सरबाट पीडित छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार