१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ज्यामी काम गर्ने अप्सराको हत्या घटना– जब केन्द्रीय कारागारमै भेटिए मुख्य अभियुक्त

५ पुष २०८०, बिहीबार ०८:४०

पुस ५, काठमाडौं | २०७४ पुस ३० गते, काठमाडौंको बल्खुस्थित भुवनेश्वरी मन्दिर पछाडिको बोक्सी दह डाँडामा अन्दाजी ४५–५० वर्षकी एक महिलाको शव फेला पर्‍यो। अनुसन्धानका क्रममा उक्त शव मकवानपुरको तत्कालीन हाँडिखोला गाविस–६ (हाल मनहरी गाउँपालिका–३) की ५० वर्षीय अप्सरा भन्ने नारायणी तिमिल्सिनाको भएको पत्ता लाग्यो। 

अप्सरा काठमाडौंमा ज्यामी काम गर्ने गरेको पनि खुल्यो। टाउको र मुखमा गहिरो चोट लागेको अवस्थामा शव फेला परेका कारण प्रहरीले उनको हत्या भएको आशंकासहित अनुसन्धान अगाडि बढायो।  

अनुसन्धानमा जुटेका प्रहरी अधिकारीहले लुटापाटपश्चात अप्सराको हत्या भएको निष्कर्ष निकाले। र, हत्याको मुख्य योजनाकार धादिङको तत्कालीन मुलपानी गाविस, हाल त्रिपुरासुन्दरी गाउँपालिका–३ तल्लो पोखरा घर भएका ४६ वर्षीय शिवराम अधिकारी रहेको पनि खुल्यो। 

प्रहरी अनुसन्धानबाट खुलेअनुसार अप्सरा र शिवरामबीच पहिले नै चिनजान थियो। शिवरामले अप्सरालाई भुपू आर्मीसँग बिहे गराइदिन्छु भन्ने आश्वासन दिएका थिए। २०७४ पुस २९ गते शिवरामले बिहे गर्ने पक्का भएको खबर दिए र साथमा १५–२० हजार नगद र गरगहना लगाइ, राम्री भएर आउन भने। शिवरामले भनेअनुसार अप्सरा आफूसँग भएका गहना लगाइ, केही नगद पनि बोकेर निस्किइन्। 

उनीहरुबीच काठमाडौंको माछापोखरी क्षेत्रमा भेट भयो। शिवरामले आफूसँग अर्का १ जना पुरुष पनि ल्याएका थिए। उनी थिए अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ घर भएका ३७ वर्षीय गजत विश्वकर्मा। 

भेटेपछि २–३ घण्टा ३ जना नै माछापोखरी क्षेत्रमा अल्मलिए। खाना–खाजा खाएपछि उनीहरु चक्रपथ चल्ने गाडी चढे। सो साँझ उनीहरुले ललितपुरको कुसुन्तीमा खाना खाए। 

कुसुन्तीबाट हिँडेर उनीहरु बल्खु पुगेर बसे, जहाँ दोस्रो दिन अप्सराको शव फेला परेको थियो। 

प्रहरीका अनुसार शिवराम र अप्सरा राति करिब २ घण्टासम्म, बल्खुको एउटा मन्दिरको छेउमा सँगै सुतेका थिए। जगत विकलाई भने शिवरामले ‘मान्छे हेर्न’ भन्दै पठाएका थिए। 

प्रहरीसँगको बयानमा जगतले बताएअनुसार २ घण्टापछि उनी त्यहाँ जाँदा अप्सरा सुतिरहेकी थिइन्। तर शिवरामले नजिकैको ढुङ्गा उठाए र अप्सरामाथि प्रहार गरे। शिवरामले ढुङ्गाले हानेपछि जगतले पनि अप्सरालाई ढुङ्गाले हाने र मरेको भन्ने यकिन भएपछि उनले लगाएको गर–गहना र साथमा बोकेको नगद, करिब ६००–७०० रुपैयाँ जति बोकेर हिँडे।

 

प्रहरीका अनुसार पुस ३० गते, बल्खुमा अप्सराको शव फेला पर्दासम्म उनीहरु बस चढेर उदयपुरको कटारी पुगिसकेका थिए। उनीहरु कटारीसम्म पुगेको सूचना प्रहरीले पाए पनि त्यसपछि कहाँ गए भन्ने जानकारी भने मिल्न सकेन। 

जब केन्द्रीय कारागारमै भेटिए शिवराम

पीडित पक्षले पनि त्यति चासो नदिएपछि अप्सराको हत्या घटनामा प्रहरी अनुसन्धानले पनि गति लिएको थिएन। तर, घटनाका मुख्य अभियुक्त मानिएका शिवराम २०७९ कात्तिक २९ गते, केन्द्रीय कारागारमा भेटिए। 

नकबजनी चोरी मुद्दामा ३ वर्ष कैद सजाय पाएका उनी नक्कली नाम, अर्जुन अधिकारी बनेर केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका भेटिए। अर्जुन भनेर फेला परेका शिवराम अप्सराको हत्या घटनाका मुख्य अभियुक्त भएको यकिन भएपछि प्रहरीले पीडित पक्षबाट जाहेरी लियो। 

मृतक अप्सराका परिवारले २०८० साउन २४ गते प्रहरीमा जाहेरी दिए। जाहेरीमा आधारमा प्रहरीले केन्द्रीय कारागारमा भेटिएका शिवरामको बयान लियो। बयानका क्रममा उनले आफ्ना साथी जगत विदेश गएको र केही समयमै नेपाल आउने भन्ने जानकारी दिए। 

प्रहरीले पाएको पूर्वसूचनाअनुसार जगत पुस ४ गते, बुधबार नेपाल फर्किए। नेपाल टेक्न नपाउँदै प्रहरीले उनलाई बुधबार राति ९ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। 

पक्राउ परेका दुवै जनामाथि प्रहरीले अहिले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार