२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हलिउड अभिनेता भिन डिजेलमाथि यौन दूरव्यवहारको मुद्दा

२०८०, ६ पुष शुक्रबार ०८:१०

पुस ६, काठमाडौँ | अमेरिकी अभिनेता भिन डिजेलमाथि एक जना पूर्व सहायकले यौन दूरव्यवहारको आरोप लगाएकी छिन् । फाष्ट फाइभको सुटिङको बेलामा सन् २०१० मा अभिनेताले आफूलाई यौन दूरव्यवहार गरेको भन्दै डिजेलको पूर्व व्यक्तिगत सहायक एस्टा जोनासोनले उनीमाथि मुद्दा हालेकी छिन् । 


अभिनेताले गलत तरिकाले आफूसँगको करार रद्द गरेको मामिलामा पनि उनले मुद्दा हालेकी छिन् । आफूमाथि दूरव्यवहार गरेको केही घण्टाभित्रै डिजेलको कम्पनीले आफूलाई कामबाट निकालेको उनको भनाई छ । मुद्दा बिहीबार लस एञ्जलसमा दायर भएको छ । यो घटना फाष्ट फाइभको शूटको दौरान अटलान्टाको सेन्ट रेगिज होटेलमा भएको बताइएको छ । 

यो घटनाको केही घण्टाभित्रै डिजेलकी बहिनी सामन्था भिन्सेन्टले फोन गरेर आफूलाई कामबाट निकालेको जोनासोनको भनाई छ । भिन्सेन्टले दाजुको प्रडक्शन कम्पनी वन रेस फिल्म्स चलाउँथिन् । जोनासोनले भिन्सेन्ट र वन रेस फिल्म्स माथि पनि मुद्दा हाल्ने भएकी छिन् । आफ्नो यौन इच्छा पूरा गरेपछि उनको लागि उपयोगी नभएकोले डिजेलले आफूलाई कामबाट निकालेको उनले मुद्दामा भनेकी छिन् । 

यो घटनापछि जोनासोनले निरीह महसुस गरेको, आत्म सम्मान धुँजाधुँजा भएको, आफ्नो खुबीमाथि शङ्का लागेको अनि सफल करियरको लागि आफ्नै देहको व्यापार गर्नु पर्ने हो र ? भन्ने प्रश्न मनमा उब्जिएको पनि मुद्दामा भनिएको छ । मुद्दामा लैङ्गिक विभेद, अवैध प्रतिशोध, भावनात्मक सङ्कटको दाबी पनि गरिएको छ ।

यो आरोपको भिन डिजेलले खण्डन गरेको बताइएको छ । भिन डिजेल फाष्ट एन्ड फ्युरिएस फ्रेन्चाइजीबाहेक ग्यालेक्सी, ट्रिपल एक्स र रिडिक्क फिल्मका लागि पनि चर्चित छन् । उनी हलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेतामा पर्दछ ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी