२९ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यस्तो छ आजको मौसम पूर्वानुमान

८ पुष २०८०, आईतवार ०२:१६

पुस ८, काठमाडौं । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा आज हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी, कर्णालीका प्रदेशका पहाडी भागमा आंशिक बदली र अन्य स्थानमा मौसम सफा हुने पूर्वानुमान छ ।

काठमाडौंको हकमा पनि मौसम सफा रहने छ । अहिले बिहान हल्का कुहिरो लागे पनि दिउँसोतिर घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडासैनीले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले ५ किलोमिटर भिजिबिलिटी भएकाले हवाई उडान तथा अवतरणमा समस्या पनि छैन ।

काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन भएको छ ।

पानी पर्ने सम्भावना छैन

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । तत्कालै पानी पर्ने, हिमपात हुने वा अन्य कुनै नयाँ मौसमी प्रणाली भित्रिने सम्भावना पनि नरहेको मौसमविद पुडासैनीले जानकारी दिए ।

अर्का मौसमविद विनोद पोखरेलले पनि अहिलेको यो मौसमले काठमाडौं लगायत धेरै भेगमा पानी पार्ने सम्भावना एकदमै कम रहेको बताए । पश्चिमी बायुले हावालाई अलि सफा बनाउन मद्दत गर्ने हुँदा वायु प्रदूषण केही कम हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्तो छ, बिहीबारको विदेशी मुद्राको विनिमय दर कर्णाली याक्समा भारतका ओपनर शिखर धवन अनुबन्ध आजको मौसम : पहाडका केही स्थानमा वर्षाको सम्भावना अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाल यु १९ महिला टी-२० विश्वकपमा छनोट ‘ऐन निर्माण र कार्यान्वयन अवस्थाको मूल्यांकन गर्न जरुरी’ अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्यवृद्धि विरुद्ध उत्रियो ट्रेड युनियन काँग्रेस विश्‍वकप छनोटको अन्तिम खेलमा युएईले नेपाललाई दियो ८४ रनको लक्ष्य माओवादीको उकालो यात्रा सुरु भएको प्रचण्डको दावी चारसय १५ जना सहसचिव र उपसचिव पदपूर्तिका लागि माग डेडिकेटेड तथा ट्रंक लाइनका विषयमा उद्योगीहरूले ब्ल्याकमेलिङ गरे : कुलमान घिसिङ ‘सहकारीको विकल्प छैन, विग्रिएकालाई सुधार गरौं’:- सचिव पोखरेल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी बनाइने निर्मला पन्त प्रकरणमा दुष्प्रचार गर्ने प्रहरी नियन्त्रणमा प्रत्यारोपण केन्द्रमा आन्दोलन : विवादित डा.श्रेष्ठलाई मन्त्रीले संरक्षण गरेको आरोप रजत विजेता बडीबिल्डर सनम मूलगुठी स्वदेश फर्किइन् १६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप निःशुल्क लगाइने जलवायु समस्या र गरिवी निवारणलाई एकिकृत रुपमा सम्बोधन गर्नुपर्छ : राष्ट्रपति पौडेल ४१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जान पक्राउ कोटेश्‍वरमा मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्रीको मृत्यु पाकिस्तानमा बस दुर्घटना: १४ जनाको मृत्यु, १० बेपत्ता